कांग्रेस भातृ संगठनहरूले भने-संसद अवरोध गर्ने एमालेको काम अलोकतान्त्रिक

SAMSUNG
  • Get News Alerts

baleno
tata

नेपाली कांग्रेसका भातृसंगठनले भरतपुर १९मा पुनः मतदान गर्ने निर्वाचनको आयोगको निर्णयलाई विवादित बनाउने एमालेको काम निन्दनीय भएको बताएका छन्।

नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल दलित संघ लगायत कांग्रेस निकट ८ वटा संगठनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै एमालेजस्तो जिम्मेवार पार्टीले एक संवैधानिक निकायले लिएको निर्णयका विरोधमा सरकार गठनजस्तो संवेदनशील विषयलाई समेत प्रभावित पार्ने गरी संसद अवरुद्ध गर्नु अराजनीतिक र अलोकतान्त्रिक भएको जनाएका छन्।

'निर्वाचन आयोगको स्वायत्ततामा राजनीतिक हस्तक्षेप गर्नु र अधिकारलाई विवादित पार्नु तथा एक स्वतन्त्र संवैधानिक अंगले गरेको निर्णयलाई लिएर सरकार गठन जस्तो संवेदनशील विषयलगायतका अन्य महत्वपूर्ण राष्ट्रिय विषयहरू समेत प्रभावित हुने गरी संसदका काम कारवाहीहरू अवरोध गर्नु गराउनु र आफ्नो पार्टी एवं भातृ संघ संगठनमार्फत संवैधानिक अंगलाई सडक र सदन आन्दोलनमार्फत विवादित बनाउने काम असंवैधानिक, अराजनीतिक, अलोकतान्त्रिक, अशोभनीय र निन्दनीय छु', विज्ञप्तिमा भनिएको छ।

कांग्रेस भातृ संगठनले संविधान कार्यान्वयन एवं निर्वाचनमार्फत जनताले आफ्नो प्रतिनिधि छान्न पाउने विशेषाधिकार सुनिश्चित गर्ने र मुलुकलाई अनिर्णयको बन्दी नबनाई अग्रगमनतर्फ डोर्याउन राजनीतिक सहमति निर्माण गर्नुपर्ने राष्ट्रिय आवश्यकतालाई महसूस गरि जिम्मेवार बन्न नेकपा एमालेलाई अपिल समेत गरेका छन्।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।