असार ११देखि १४ गतेसम्म ७२ घन्टा सीमा नाका बन्द

  • Get News Alerts

जिल्लास्तरीय भारत नेपाल सीमा समन्वय समिति बैठकले स्थानीय तहको निर्वाचनका बेला महोत्तरी, धनुषा, सिरहा र सप्तरीसँग जोडिएको भारतीय सीमा नाका आगामी असार ११–१४ गतेसम्म ७२ घन्टाका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले लागूऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करी र सीमा अतिक्रमणलगायत विषयमा दुबै देशले विशेष निगरानी बढाउने निर्णय पनि गरेको छ ।

नेपालका महोत्तरी, धनुषा, सिरहा र सप्तरीका प्रअिजसहित सुरक्षा निकायका प्रमुख र भारतका मधुवनी जिल्लाका डिएम, एसपी, एसएसबीका एसपीसहितको उपस्थितिमा बसेको सो बैठकमा आउँदो असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका विषयमा आवश्यक छलफल गरिएको बैठकको अध्यक्षता गर्नुभएका महोत्तरीका प्रअिज वीरेन्द्रकुमार यादवले बताए।

अठ्चालिस बी बाहिनी एसएसबी जयनगरमा सम्पन्न सो बैठकमा स्थानीय तह दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण, भयरहित, अपराधमुक्त वातावरणमा सम्पन्न गर्न दुवै पक्षले कडा सीमा सुरक्षा गस्तीलगायत सबै पक्षमा महत्वपूर्ण भूमिका खेल्ने निर्णय गरिएको महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।