‘हामी उम्मेदवार होइन, विकास हेर्छौं’

  • Get News Alerts

झापाका सहर तथा ग्रामीण बस्तीमा यतिखेर स्थानीय तहको चुनावी रौनकता छाएको छ । प्रत्येक घर तथा टोलमा राजनीतिक दलका झन्डा फहराइएको देखिँदा जनता मतदान गर्ने दिनको व्यग्र प्रतीक्षामा रहेको प्रस्ट हुन्छ तर झापाको मेचीनगरमा एउटा यस्तो बस्ती छ, जुन बस्तीमा अहिलेसम्म चुनावी रौनकता छाएको छैन ।

लोपोन्मुख समुदायको बसोबास रहेको मेचीनगर–९ स्थित किसान बस्तीमा चुनावी गतिविधि शून्य छ ।

निर्वाचनका ‘भोट बैङ्क’ मानिएको यो समुदायको बस्तीमा कुनै पनि राजनीतिक दलका उम्मेदवार भोट माग्न गएका छैनन् । प्रायः यो समुदायमा सोझासिधा व्यक्ति छन् । उनीहरुको सोझोपनलाई राजनीतिक दलले फाइदा उठाउँदै आएका छन् ।

अहिलेसम्म चुनावमा भोट माग्न कुनै पनि दलका उम्मेदवार नआएको तर चुनाव हुन्छ भन्नेसम्म थाहा पाउनुभएका किसान समुदायका अगुवा राजकुमार किसानले बताए। हामीले यसअघि भएका चुनावमा भाग लिएका थियौँ तर हाम्रा समस्या कसैले सुनेनन्। अब भने यसपालाको स्थानीय तहको निर्वाचनमा भोट हाल्न जाने तर व्यक्ति हेरेर भोट दिने उनको भनाइ छ । ‘जसले हामीलाई राम्रो गर्छ, उसैलाई भोट दिन्छौँ,’ राजकुमारले भने।

झापामा मात्र बसोबास रहेको किसान समुदायको जनसङ्ख्या १ हजार ५०० को हाराहारीमा छ । मेचीनगर, शान्तिनगर, बाहुनडाँगी, धाइजन र बुट्टाबारीमा किसान समुदायको बस्ती छ । अधिकांश ती बस्तीमा खानेपानी, बिजुलीको समस्या छ । भोट माग्न जाने उम्मेदवारसँग उनीहरुले यस्तै समस्या तेस्र्याउने गरेका छन् । चुनावका मुखमा दलले आश्वासन मात्र दिने गरेकाले उनीहरु फेरि पनि धोका पाउने हो कि भन्नेमा सशङ्कित छन् ।

‘हामीलाई बिजुली–पानी दिन्छौँ भनेका थिए”, विगतको चुनाव सम्झिदै मेचीनगर–९ की पार्वती किसानले भने, “तपार्इंहरुको दुःख हेर्छौं भने तर खोई त ?” किसान समुदायका अगुवा जोगी किसानले सुकुम्वासीका समस्या जसले उठाउँछ उसैलाई भोट दिने बताए । “हामी नेताहरु हेर्दैनौँ”, उनी भन्छन्, “विकास हेर्छौं ।” यसअघिका चुनावमा राजनीतिक दलले किसान बस्तीमा बाक्लै कार्यक्रम गर्थे । भोजभतेर खुवाएर आफ्नो पक्षमा भोट खसाल्न लगाउँथे । तर अहिले चुनाव आकर्षित गतिविधि भएका छैनन् । त्यही भएर होला किसान बस्ती सुनसान छ । “मजदुरी नगरी खान पुग्दैन”, जोगीले विवशता पोख्दै भने, “हाम्रो भाँडामा कसैले चामल हालिदैन, काम छाड्नु भएन।”

स्थानीय तहको निर्वाचनले अधिकारसम्पन्न बनाउने सुनेका उनीहरु भोट हाल्न मतदान केन्द्र चाहिँ जाने बताउँछन् । समुदायका अगुवा आफ्नो मताधिकार प्रयोग गर्नका लागि छलफल गरेर अघि बढ्ने योजनासमेत बनाउने तयारी छन् । किसान बस्तीमा राजनीतिक दल मात्र होइन, मतदाता शिक्षा कार्यक्रम पनि अहिलेसम्म नपुगेकाले भोट कसरी दिने भन्ने अन्योलमा छन् उनीहरु । “भोट हाल्न सिकाउने मान्छे आउँदैछन् भन्ने सुनेको हो तर खोई अहिलेसम्म आएका छैनन्,” पार्वती किसानले भने। मतदाता शिक्षा कार्यक्रम कस्तो हुन्छ भन्नेसम्म आफूहरुलाई थाहा नभएको उनी बताउँछन्। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।