राजनीतिक दलले पनि मतदाता शिक्षा दिँदै

  • Get News Alerts

जिल्लामा राजनीतिक दलले पनि मतदाता शिक्षा सामग्री नै बनाएर गाउँ गाउँमा मतदाता शिक्षा दिन थालेका छन् । दलले पहिलो चरणको निर्वाचनमा जस्तो मत बदर नहोस् भनेर कार्यकर्ता र मतदातालाई मतदान गर्नेबारे सिकाउन थालेका हुन् ।

मतदाताको घरदैलोसम्म पुग्दा आफ्नो पार्टीलाई मतदान गर्न सिकाउँदै दलले मतदाता शिक्षाका सामग्री लगेर मतदान कसरी गर्ने भन्ने सिकाइरहेका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र, नयाँ शक्ति नेपाललगायत राजनीतिक दलहरू आफ्नो पार्टीमा यसरी मतदान गर्नुस् भनेर मतदाता शिक्षा सामग्रीसहित घरदैलो गरिरहेका हुन् ।

दलहरूले आफ्नो पार्टीमा स्वस्तिक छाप लगाइएका मतपत्र नै बनाएका छन्। त्यस्ता मतपत्र बाँड्दै मतदातालाई मत बदर नहुने गरी सिकाइरहेको नेताहरूले बताएका छन् । पार्टीको घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको काँग्रेस जिल्ला सचिव सन्तोष सुब्बाले बताए।

यसरी मतदातालाई भोट हाल्न पनि सजिलो हुने र आफ्नो पार्टीको चुनाव चिह्नका बारेमा जानकारीसमेत दिन सकिने भएपछि घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले बताए। नयाँ शक्ति नेपालका जिल्ला संयोजक विष्णुप्रसाद दाहालले आफ्नो पार्टीले जिल्लामा प्रचारप्रसार अभियानसँगै मतदाता शिक्षामा पनि जोड दिएको उल्लेख गरे।

नमुना स्वस्तिक छाप तथा नमुना मतपत्र बनाएर मतदातालाई नमुना मतदान गराइरहेको उनले बताए। गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारसमेत विभिन्न वडामा नमुना स्वस्तिक छाप र मतपत्रसहित मतदातालाई मतदान गर्न सिकाइरहेका छन् ।

माओवादी केन्द्रका इन्चार्ज दुर्गाप्रसाद चापागार्इंले मतदाता शिक्षा कार्यक्रममा आफ्नो पार्टी पनि सक्रिय रूपमा लागेको बताए।

जिल्लामा सङ्घीय लिम्बुवान मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), राष्ट्रिय जनमोर्चालगायतका साना दलले पनि मतदातालाई मतदान गर्न सिकाउँदै घरदैलो गरिरहेका छन् । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।