अब वृद्ध भत्ता घर घरमै दिइने

SAMSUNG
  • Get News Alerts

baleno
tata

बैंकमार्फत दिइँदै आएको सामाजिक सुरक्षाभत्ता आगामी आवदेखि घर घरमै वितरण गरिने भएको छ । सामाजिक सुरक्षा भत्ता लिन टाढाको बैंकसम्म पुग्न अशक्त तथा वृद्धवृद्धाले ज्यादै सास्ती खेप्नुपरेको परिस्थितिलाई ध्यानमा राखी सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिङ तामाङले वृद्ध वृद्धाको सुविधाको लागि घर/घरमै गएर वितरण गरिने बताए।

केही जिल्लाका केही भष्ट गाविस सचिवले सामाजिक सुरक्षाभत्ता किर्ते गरी हिनामिना गरेका थिए । मृत्यु भएर एक दशक वितिसकेका कतिपय वृद्धवृद्धाको लगत कट्टा नगरी उनीहरुका नाउँमा निकासा भएको भत्ता खाने गरेको रहस्य खुलेपछि सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बैंक खाता खोलेर भत्ता वितरण गर्न तत्कालीन सबै जिविसलाई पत्राचार गरेको थियो ।

सोही निर्देशनको पालना गर्दै आव २०६९/७० देखि तत्कालीन चौतारा गाविसका वृद्धवृद्धाका लागि कृषि विकास बैंक चौताराबाट भत्ता वितरण गरिँदैआएको थियो । तत्कालीन गाविसलाई अन्य चार गाविसमा गाभेर चौतारा नगरपालिका कायम गरिएकामा हाल १० गाविस मिलाएर चौतारा साँगाचोकगढी नगरपालिका कायम गरिएको छ ।

नगरपालिका कायम गरिए पनि पहाडी क्षेत्रमा भौगोलिक कठिनाइले गर्दा सदरमुकामस्थित बैंकमा खाता खोलेर भत्ता पाउन ज्यादै सास्ती खेप्नुपरेको पीडित वृद्धवृद्धाले दुःखेसो गर्न थालेका छन् । सुरुमा खाता खोल्न बोकिएर जानुपर्ने र भत्ता बुझ्न पनि पटक पटक बोकिएरै जानुपर्ने हुँदा उनीहरुका लागि त्यस्तो भत्ता निल्नु न ओकल्नु जस्तै भएको हो ।

‘पहिले त सचिवले घरमै आएर भत्ता दिन्थे’, चौतारा साँगाचोकगढी नगरपालिका– ७ निवासी ८६ वर्षीया लीलामाया केसीले भनिन्, ‘आफू हिँड्नै सक्तिनँ, बोकिएर जान पनि मान्छे कोही पाइँदैन । भत्ता पाएर पनि लिन जान नसकेपछि त्यस्तो भत्ता के काम लाग्यो र?’

आव ०७४/७५ को बजेट बक्तव्यमा पनि बैंकमार्फत भत्ता कारोबार गरिने उल्लेख छ। वृद्धवृद्धाको सुविधाका लागि जहाँजस्तो उल्लेख भए पनि आगामी आवदेखि घर घरमै गएर भत्ता वितरण गरिने नगर प्रमुख तामाङले दृढता व्यक्त गरे। जनप्रतिनिधि निर्वाचित भएर आइसकेको हुँदा बडाध्यक्ष र सदस्यको सक्रियतामा भत्ता हिनामिना नहुने उनको विश्वास छ। रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।