ओली नआएपछि शीर्ष बैठक २ बजेसम्म स्थगित

SAMSUNG
  • Get News Alerts

baleno
tata

भावी प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यतालिका सहित संसद सचिवालयले आईतबार बिहान ११ बजेका लागि बैठक बोलाईएको जानकारी सूचना बाट नै गराएको थियो। आईतबार फेरी सुचना टांसेर सचिवालयले अपरान्ह ३ बजे सम्मका लागि बैठक स्थगित भएको जनाएको हो।

भावी प्रधानमन्त्री चयनका लागि मतदान गर्ने कार्यतालिका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राख्ने भएपछि तीन बजेसमम्लाई सरेको छ। एमालेले आफ्नो अडानबाट पछि नहटेपछि सभामुखले संसद तीन बजेलाई सारेर शीर्ष नेतासँग छलफल थालेकी छन्।

यद्यपी छलफलमा एमाले अध्यक्ष केपी ओली उपस्थित नभएपछि शीर्ष नेताको बैठक २ बजेसम्मलाई स्थगित गरेकी छन्।

बैठकमा उपस्थित हुने पार्टी अध्यक्ष ओली बालकोटबाट आउन समय लाग्ने जानकारी संसदीय दला उपनेता सुवास नेम्बाङले गराएपछि बैठक २ बजेको लागि फेरि बोलाइएको हो।

राजनीतिक सहमति खोज्नका लागि सभामुख ओनसरी घर्तीले प्रमुख दलका शिर्ष नेताहरुको बैठक डाकेकी हुन्। २ बजे शीर्ष बैठक बसेर तीन बजे संसद बस्ने कार्यक्रम तय भएको छ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कास्कीमा चौतीस हजार मतदाताले गरे नाम दर्ता

    कास्कीमा ३४ हजार १३२ जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।  आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले साउन १ देखि शुरु गरेको मतदाता नामावली संकलन अभियान अन्तर्गत बिहिबारसम्ममा १७ हजार ९३८ महि...

  • आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    यसअघि बुझाएको ४० प्रतिशत केन्द्रिय सदस्यको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै पशुपति शमसेर जबरा सर्वोच्च अदालत गएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए।

  • समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश

    समावेशी सुनिश्चितता नहुने कारण देखाउन सर्वोच्चको आदेश सर्वोच्च अदालतले राज्यका हरेक क्षेत्रमा ३३ प्रतिशत समावेशी सहभागिता सुनिश्चितता नहुने कारण देखाउन सरकारका नाममा आदेश दिएको छ ।  न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले गत शुक्रबार मुलुकमा समावेशी सहभागिता सुनिश्चित हुन नसक्नुको कारणसहित १५ द...

  • बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रीत छ : प्रधानान्त्री देउवा

    बाढीपहिरो पीडितलाई राहत पुर्‍याउन सरकार केन्द्रीत छ : प्रधानान्त्री देउवा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले  १५ लाख १ हजार १ सय ११ सय  प्रदान गरेको छ ।  प्रधानमन्त्री शेरबहादुर देउवालाई महासङ्घका अध्यक्ष अर्जुन रानाभाटले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट गर...

  • रिहा भएपछि अखिलेश यादवले भने- म प्रहरीको डरले केही नगरी बस्ने होइन

    रिहा भएपछि अखिलेश यादवले भने-  म प्रहरीको डरले केही नगरी बस्ने होइन

    रिहा भएपछि यादवले प्रदेशमा जंगलराज कायम भएको टिप्पणी दिए। सत्य लुकाउन खोजिएको भन्दै उनले भने,‘प्रहरीको डरले केही नगरी बस्ने खालको म होइन। जनतासामू सत्य उजागर गरेरै छाड्छु। यसका लागि संघर्ष गर्छु।’ उनले पंचायत चुनावमा योगी सरकारले जालझेल गरेको आरोप पनि लगाए।