निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै एमाले सर्वोच्चमा

  • Get News Alerts

भरतपुर घटनाको विषयमा निर्वाचन आयोगले गरेको निर्णय रोक्न सर्वोच्चमा रिट दर्ता भएको छ। रीट दर्ता भएसँगै भोलिका लागि पेशी तोकिएको अधिवक्ता टीकाराम भट्टराईले सेतोपाटीलाई जानकारी दिए।

निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुर-१९मा पुन: मतदान गर्ने निर्णय गरेको भन्दै उक्त निर्णय खारेजीको माग गर्दै रीट दर्ता भएको हो। रीटमा आयोगको निर्णयविरूद्ध तत्कालै अन्तरिम आदेश जारी गर्न माग गरिएको छ। 

भरतपुर महानगरपालिकाकी मेयर उम्मेद्वार रेणु दाहाललाई जिताउने योजनाका साथ मतपत्र च्यातिएको र योजनाबद्ध रूपमा पुन:मतदान गराउन निर्वाचन आयोगले यस्तो निर्णय गरेको दाबी रीटमा छ।

भरतपुर महानगरपालिका-१९को वडासदस्यका उम्मेद्वार गुञ्जमान विक र यही वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रीट दायर गरेका हुन्। 

अधिवक्ता भट्टराईका अनुसार निर्वाचन आयोगलाई पठाइएका कुनै पनि प्रतिवेदनमा मतगणनास्थल कब्जा भएको भन्ने उल्लेख छैन। तर, आयोगले जबरस्ती मतगणनस्थल कब्जा भएको परिभाषा गरी पुन:मतदान गराउने निर्णय गरेको उनले सेतोपाटीलाई बताए।

'मतगणनास्थल कब्जा भएको भनेर कसैले भनेकै छैन, ' उनले भने, 'आयोग आफैं त्यहाँ गएको छैन, त्यहाँबाट पठाएको कुनै प्रतिवेदनले पनि कब्जा भएको भनेको छैन। पुन:मतदान गर्नुपर्न अवस्था नै छैन।'

भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा माओवादी प्रतिनिधिले आइतबार राती केही मतपत्र च्यातेका थिए। यसपछि यहाँ पुन:मतदान गर्ने कि मतगणना अघि बढाउने भन्ने विवाद भएको थियो।

निर्वाचन आयोगको शनिबारको बैठकले पुन:मतदान गर्ने निर्णय गरेको थियो।

मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविराज न्यौपानेले आयोगलाई प्रतिवेदन पठाउँदै 'मतगणनास्थल रणभूमी तुल्य बनाएको' भनेका थिए। तर, उनले मतपत्र च्यात्ने लगायत सबैपक्षलाई नियन्त्रणमा लिई गणनास्थल सिल गराएको पनि उल्लेख गरेका थिए।

सुरक्षा निकायले आयोगलाई पठाएको प्रतिवेदनेमा भने 'केही मतपत्र च्यातिएको' तर 'मतपत्र च्यात्नेलाई तत्काल प्रहरीले नियन्त्रणमा लिइ मतगणनास्थल कब्जा हुनबाट जोगाएको' भन्ने उल्लेख छ।

यस्तै, निर्वाचन आयोगले बनाएको छानविन समितिले पनि मतगणनास्थल कब्जा भएको भन्ने प्रतिवेदन नदिएको अधिवक्ता भट्टराईले बताए।

'कुनै प्रतिवेदनले मतगणनास्थल कब्जा भएको भनेको छैन,' उनले भने, 'निर्वाचन आयोगले जबरजस्ती कब्जा भएको परिभाषित गरी पुन:मतदाना गराउने निर्णय गरेको छ।'

सुरूदेखि नै निर्वाचन आयोग सत्ताको प्रभावमा परी भरतपुरमा प्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई मेयरमा निर्वाचित गराउन लागि परेको रिटमा उल्लेख छ। यसले भविष्यमा निर्वाचन आयोगको स्वतन्त्रता कमजोर हुने  र सत्ताको दबावमा पर्ने भएकाले विपक्षी दलका उम्मेद्वारको सुरक्षा नहुने दाबी रीटमा गरिएको छ।

भरतपुर महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी प्रतिनिधिले जेठ १४ गते मध्यरात मतपत्र च्यातेका थिए। १९ नम्बर वडाको मतगणना हुँदै गर्दा मतपत्र च्यातिएको हो। त्यतिबेला कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिसकेको थियो। माओवादीहरुले १९ वडाका २८६८ मध्ये २२०० मत गनिसकेपछि मतपत्र च्यातेका हुन्। 

त्यो वडापछि २० नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो। यी दुई वडाको मत गन्न थाल्नुअघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहालबीच जम्मा ७८४ मतको अन्तर थियो। १९ नम्बर वडाको १८०० मत गनिसक्दा त्यो अन्तर घटेर ७३३ मा झरेको थियो। आइतबार राति १२ बजेसम्ममा उक्त वडाको थप ४०० मत गनिइसकेको थियो, परिणाम भने सार्वजनिक भएको थिएन। 

मतगणना स्थगित भएपछि निर्वाचन आयोगले सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन समिति गठन गरी भरतपुर पठाएको थियो। सोही टोलीले अध्ययन गरी त्यहाँ ९० वटा मतपत्र च्यातिएको यकिन गरी प्रतिवेदन बुझाएको थियो।

यो घटनापछि माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको वडा नम्बर १९ मा पुन:मतदान हुनुपर्ने माग गरेका थिए भने एमालेले माओवादीले नियतवश मतपत्र च्यातेको भन्दै पुन: मतदान स्वीकार्य नहुने बताउँदै आएको छ। एमालेले निर्वाचन आयोगको शनिबारको निर्णय पनि नमान्ने बताएको छ। 

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।