राजपाले सरकारलाई समर्थन गर्ने/नगर्ने निर्णय गर्दै

SAMSUNG
  • Get News Alerts

baleno
पार्टीभित्र सरकारलाई समर्थन गर्ने र नगर्ने धारणा बराबर
tata

राष्ट्रिय जनता पार्टीले सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्ने बारेमा अझै टुंगो लगाउन सकेको छैन। आईतबार बिहान ९ बजेदेखि बिजुलीबजारस्थित पार्टीको सम्पर्क कार्यालयमा जारी बैठक सरकारकै विषयमा टुंगोमा पुग्न नसक्दा लम्बिएको छ।

राजपा अध्यक्ष मण्डलका सदस्यहरुबीच नै सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेमा मत भिन्नता देखिएपछि यो विषयका टुंगो लगाउन समस्या देखिएको हो।

बैठकमा शरदसिंह भण्डारी लगायतका नेताले  प्राप्त उपलब्धिलाई संरक्षण र स्वीकार गर्दै थप प्रयास गर्नका लागि सरकारलाई समर्थन गरेर अघि बढ्न सुझाएका छन्। तर राजेन्द्र महतो, राजकिशोर यादव लगायतले भने आफ्ना माग र मुद्दामा ठोस प्रतिवद्धता नआएसम्म सरकारलाई समर्थन गर्न आत्तिनु हुँदैन भन्ने तर्क राख्दै विपक्षमा बस्ने तर्क गरेका छन्।

विगतका सरकारले पनि सहमति गर्ने तर माग पुरा नगर्ने गरेको भन्दै उनीहरुले माग सम्बोधनमा ठोस प्रतिवद्धता आउनुपर्ने अडान लिएका हुन्। पार्टीभित्र सरकारलाई समर्थन गर्ने र नगर्ने धारणा बराबर भए पनि राजपाले त्यसबारे निर्णय लिन नसकेको हो। सरकारको समर्थन गर्ने नगर्ने भन्ने विषयको निर्णय गर्नका लागि राजपाको बैठक अहिले पनि जारी छ।

यसअघि आन्दोलनरत राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने सङ्केत गरेको छ।

सिंहदरबारस्थित कांग्रेसको संसदीय दलमा राजपा नेपालसँग सभापति देउवाले शनिबार गरेको छलफलमा त्यस्तो सङ्केत गरेको हो। आफ्नो नेतृत्वमा बन्न लागेको सरकार पुरानै गठबन्धनको निरन्तरता भएकाले सरकार गठनमा सहयोग गर्न राजपा नेपालका नेताहरूलाई आग्रह गर्दै सभापति देउवाले भने,  ‘प्रचण्ड नेतृत्वको सरकार स्थानीय तहको चुनाव र संविधान संशोधनको कार्यभार लिएर बनेको हो, त्यसलाई आफ्नो नेतृत्वको सरकारले पनि निरन्तरता दिने भएकाले गठबन्धनलाई बलियो बनाउन सहयोग गर्नुहोस् । ’

‘मेरो लक्ष्य दुई तिहाइ बहुमत पुर्‍याएर सरकार गठन गर्नु हो र सोही बहुमत लिएर संविधान संशोधन पनि गर्ने योजना रहेकाले यसमा राजपा नेपालको पूर्ण समर्थन रहने अपेक्षा छ,’ उनले भने, ‘दोस्रो चरणको चुनाव सम्पन्न गरेर संविधान संशोधनको प्रक्रियामा लाग्नेछौँ, त्यसैले अहिलेदेखि नै यसको पृष्ठभूमि तयार गर्दै जानुपर्छ । ’

त्यसको जवाफमा राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरले यो गठबन्धन आफूहरूको सहयोगमा निर्माण भएकाले त्यसलाई जोगाउनु आफूहरूको कत्र्तव्य हो यद्यपि यसको आधिकारिक निर्णय आइतबार मात्र गर्ने धारणा राखेका थिए।  छलफलमा सहभागी राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीका अनुसार तीनबुँदे सम्झौता गरेर वर्तमान गठबन्धन बनेको थियो तर अझै तीनबुँदे सम्झौता कार्यान्वयन भएको छैन, आफूहरूलाई विश्वास छ, अब बन्ने नयाँ सरकारले तीनबुँदे सम्झौता कार्यान्वयनमा ध्यान दिनेछ भनेर सभापति देउवालाई स्मरण गराइएको छ ।

सरकारले आफूहरूको माग पूरा गरेर चुनावको वतावरण बनाए समर्थन गर्न कुनै समस्या नरहेको बताउँदै अध्यक्ष भण्डारीले तर यथास्थितिमा नै समर्थन गर्न भने नसकिने बताए।  उनले भने, ‘शेरबहादुरजीको नेतृत्वमा गठन हुने सरकारले राजपा नेपालको माग कसरी पूरा गर्छ, त्यसको रोडम्याप आउनुपर्छ। ’

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।