कानुनको धज्जी उडाउँदै झापाका उम्मेद्वार, एउटै मोटरसाइकलमा ५ जना

  • Get News Alerts

samsung
tata

स्थानीय तहको निर्वाचनका लागि झापामा राजनीतिक दलले गर्ने प्रचार प्रसार कार्यक्रममा ट्राफिक नियमको उल्लंघन भएका पाईएको छ। पूर्व-पश्चिम राजमार्ग र सहायक मार्ग हुँदै राजनीतिक दलको सभामा सहभागी हुन जाने अधिकांश राजनीतिक दलका नेता, कार्यकर्ता र सर्वसाधरणले ट्राफिक नियमको उन्लंघन गरेको पाईएको हो।

एउटा मोटरसाईकलमा ५ जनासमेत चढेर कुदाएको पाईएको छ। शनिबार झापाका राजमार्गसँग जोडिएका सुरुङ्गा, झिलझिले, माईधार, लगायतका चोक बजारमा राजनीतिक दलको झन्डा फहराउँदै ५ जना समेत चढेको पाइएको हो।

राजमार्गमा मात्र होईन जिल्लाका भित्री सडकसँग जोडिएका बजारमा पनि ट्राफिक नियमको पालना भएको छैन। मोटर साईकल चलाउँदा हेल्मेट नलगाउने, क्षमताभन्दा बढी सवार हुने र गति नियन्त्रण नगर्ने गरेको पाईएको हो। उमेद्धवार समेतले ट्राफिक नियमको पालना गर्देनन्। झापा गाउँपालिकाका नेपाली कांग्रेसबाट अध्यक्ष पदको उम्मेद्वार बनेका जयनारायण शाहले आफ्नै फेसवुकको वालमा हेलमेट नलगाएको तस्वीर पोष्ट गरेका छन्।

मोटरसाईकलमा मात्र होईन साना सवारीका साधनले पनि ट्राफिक नियमको पटक्कै पालन गरेका छैनन्। छतमा बस्ने, क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको पाईएको छ। सडकमा उभिएर ट्राफिक नियमको नियमन गर्ने ट्राफिक प्रहरी यस्तो दुर्दशा हेर्न वाध्य छ। ‘हामीले पटक पटक आग्रह गरेका छौ, तर उहाँहरुले नियमको अर्थात कानुनको पालन गर्नुभएको छैन,’, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीराज गिरीले भने, ‘हामी निरिह छौ।’

ट्राफिक प्रहरीसँग भएको जनशक्ति निर्वाचनमा खटिएको मौकामा नियमको पालना नभएको उनले स्वीकार गरे। उनले भने अब जनता आफैंले उहाँहरुलाई सिकाउने छन्।

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने बताएको छ। सो निर्णयपछि मात्र अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएका छन्।  उनले  विधेयक ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने  राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको राजपा नेताले बताए।

  • राहत प्याकेज ल्याउने कृषिमन्त्री यादवको योजना

    कृषि विकासमन्त्री रामकृष्ण यादवले विपद्बाट कृषि क्षेत्रमा भएको समग्र क्षतिलाई सम्बोधन गर्न राहत प्याकेज ल्याउने बताएका छन्।  मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले धान, माछा, माछा पोखरी, तरकारी, मसलाबाली, कृषि पूर्वाधारलगायतका क्ष...

  • प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिकांश जिल्लाले उम्मेदवारको नामावली पठाएको जानकारी दिए। उनका अनुसार आएकामध्ये कसैले पनि सर्वसम्मतले निर्णय गर्न सकेका छैनन्।

    प्रदेश नम्बर २ मा सकेसम्म स्थानीय संयन्त्रले नै विवाद सल्ट्याउन भनिएको थियो। तर अधिकांश जिल्ला संयन्त्रले भने विवादित नामावली नै पठाएका छन्।

  • ओबामाको एक ट्वीटले रच्यो इतिहास

    ओबामाको एक ट्वीटले रच्यो इतिहास अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एक ट्वीटले इतिहास रचेको छ। ओबामाले गरेको ट्वीटले ट्वीटरमा सबैभन्दा धेरै मनपराइने रेकर्ड कायम गरेको हो। नेल्सन मन्डेलाको चर्चित भनाइसँग उनले एक फोटो सेयर गरेका थिए। फोटोमा हेरविचार केन्द्रको झ्यालबाट बच्चाहरु बाहि...

  • ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा

    ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा ताइवानको राजधानी ताइपेइमा विद्युत आपूर्ति बन्द भएर लाखौं घर प्रभावित भएपछि त्यहाँका आर्थिक मामिला मन्त्रीले राजीनामा दिएका छन्। मन्त्री चीह् कुङ लीको मौखिक राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका रोयटर्समा उल्लेख छ। ताइवानको स्थानीय सम...