शेर बहादुर देउवा र केपी ओलीबीच झन्डै दुई घन्टा भेटवार्ता

  • Get News Alerts

संसद फुकाउन देउवाले गरेको आग्रह ओलीद्वारा ठाडै अश्वीकार

प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका संसद संचालन गर्न नेपाली कांग्रेसले गरेको आग्रहलाई नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद सञ्चालनको वातावरण बनाउन गरेको आग्रहलाई एमाले अध्यक्ष ओलीले ठाडै अस्वीकार गरेका हुन्।

चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु गर्नुपर्ने माग गर्दै निरन्तर व्यवस्थापिका संसद बैठक अवरुद्ध गर्दै आएको एमाले निर्वाचन आयोगको पछिल्लो निर्णयबाट थप रूष्ठ बनेको थियो।

भावी प्रधानमन्त्रीका लागि शनिबार बिहान संसद भवन नयाँ वानेश्वर पुगेर उम्मेदवारी मनोनयन दर्ता गराएका कांग्रेस सभापति देउवा साँझ एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए। पार्टीका विश्वास पात्र विमलेन्द्र निधिको साथमा बालकोट पुगेका सभापति देउवाले भरतपुर महानगरपालिकाको निर्वाचन र प्रधानमन्त्रीको निर्वाचन भिन्न विषय भएको भन्दै संसद अवरोध फुकाउन गरेको आग्रह अध्यक्ष ओलीले कडा प्रतिवाद गरेका थिए।

झन्डै १ घण्टा ५० मिनेट भएको छलफलमा चितवनको विषयमा निकै गम्भीर र चिन्ता व्यक्त गरेका एमाले अध्यक्ष ओलीले संसद अवरोध जारी राख्ने अडान नछाडेको नेता निधिले जानकारी दिए।

एमाले अध्यक्ष ओली सँग १ घण्टा ५० मिनेट भएको छलफल सार्थक नभएपछि सभापति देउवा र नेता निधी निराश हुँदै फर्किएका थिए। यसअघि एमालेको शनिबार अपरान्ह बसेको स्थायी समिति बैठकले मिचाहा प्रवृतिबाट लोकतन्त्रको मुल्य मान्यता विपरित सरकार अघि बढेको निष्कर्षका साथ संसद अवरोधलाई जारी राखि निर्वाचन आयोगको निर्णय विरुद्ध कानुनी उपचार खोज्ने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।