अाेलीले भने- संसद अवरोध कायम रहेकाले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका थाहै छैन

  • Get News Alerts

samsung
tata

नेकपा एमालेले अाफूले गर्दै अाएको संसद अवरोध जारी रहेकाले प्रधानमन्त्री निर्वाचनको कार्यतालिकाबारे थाहै नभएको जनाएको छ।

प्रधानमन्त्री पदमा उम्मेदवारी दिने कि नदिने भन्नेबारे शनिबार आन्तरिक छलफल गरेर पार्टीले गर्दै अाएको संसद अवरोधका बीचमा हुने याे निर्वाचनमा उम्मेदवारी नदिने पनि एमालेले निर्णय गरेको छ।

स्थायी कमिटीको बैठकपछि बोल्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई प्रक्रिया सुरु भएका बारेमा कुनै जानकारी नभएको बताए। उनले संसद अवरोध भइरहेको अवस्थामा यसबारे आफ्नो पार्टीलाई कुनै जानकारी नभएको बताए। 

पुष्पकमल दाहालको राजीनामापछि नयाँ प्रधानमन्त्री निर्वाचनका लागि आज शनिबार ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समय दिइएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराइसकेका छन्। निर्वाचन भोलि आइतबार ११ बजे हुनेछ।

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने बताएको छ। सो निर्णयपछि मात्र अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएका छन्।  उनले  विधेयक ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने  राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको राजपा नेताले बताए।

  • राहत प्याकेज ल्याउने कृषिमन्त्री यादवको योजना

    कृषि विकासमन्त्री रामकृष्ण यादवले विपद्बाट कृषि क्षेत्रमा भएको समग्र क्षतिलाई सम्बोधन गर्न राहत प्याकेज ल्याउने बताएका छन्।  मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले धान, माछा, माछा पोखरी, तरकारी, मसलाबाली, कृषि पूर्वाधारलगायतका क्ष...

  • प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिकांश जिल्लाले उम्मेदवारको नामावली पठाएको जानकारी दिए। उनका अनुसार आएकामध्ये कसैले पनि सर्वसम्मतले निर्णय गर्न सकेका छैनन्।

    प्रदेश नम्बर २ मा सकेसम्म स्थानीय संयन्त्रले नै विवाद सल्ट्याउन भनिएको थियो। तर अधिकांश जिल्ला संयन्त्रले भने विवादित नामावली नै पठाएका छन्।

  • ओबामाको एक ट्वीटले रच्यो इतिहास

    ओबामाको एक ट्वीटले रच्यो इतिहास अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एक ट्वीटले इतिहास रचेको छ। ओबामाले गरेको ट्वीटले ट्वीटरमा सबैभन्दा धेरै मनपराइने रेकर्ड कायम गरेको हो। नेल्सन मन्डेलाको चर्चित भनाइसँग उनले एक फोटो सेयर गरेका थिए। फोटोमा हेरविचार केन्द्रको झ्यालबाट बच्चाहरु बाहि...

  • ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा

    ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा ताइवानको राजधानी ताइपेइमा विद्युत आपूर्ति बन्द भएर लाखौं घर प्रभावित भएपछि त्यहाँका आर्थिक मामिला मन्त्रीले राजीनामा दिएका छन्। मन्त्री चीह् कुङ लीको मौखिक राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका रोयटर्समा उल्लेख छ। ताइवानको स्थानीय सम...