प्रधानमन्त्री निर्वाचनका लागि शेरबहादुर देउवाद्वारा उम्मेदवारी दर्ता

  • Get News Alerts

नयाँ प्रधानमन्त्रीको निर्वाचनका लागि नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन्।

प्रधानमन्त्री पदका लागि आज शनिबार ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ताको समयसीमा दिइएकोमा देउवाले बिहान ११ बजेर ३० मिनेटमा उम्मेदवारी दिएका हुन्।

सभापति देउवाले आफ्ना समर्थकसहित व्यवस्थापिका संसद भवन नयाँबानेश्वर पुगी आफ्नो उम्मेदवारी मनोनय दर्ता गराएका हुन्। 

देउवाको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल छन् भने समर्थकमा नेपाली कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाली लोकतान्त्रिक पार्टीका अध्यक्ष विजयकुमार गच्छदार, प्रजातान्त्रिक समाजवादी पार्टीका प्रेम बहादुर सिंह, नेकपा संयुक्तका जयदेव जोशी र अखण्ड नेपाल पार्टीका कुमार खड्का छन्। 

उम्मेदवारी मनोनयन दर्ताको समयमा नेताहरु रामचन्द्र पौडेल, शेखर कोइराला, पुष्पकमल दाहाललगायत नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सांसदहरुको उपस्थिति थियो।

संसद सचिवालयले जारी गरेको कार्यतालिकाअनुसार मनोनित उम्मेदवारहरुको अन्तिम सूची आजै साढे चार बजे प्रकाशित गरिने र निर्वाचन भोलि आइतबार ११ बजे मतदान प्रक्रियाबाट हुनेछ।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।