भारतीय आप्रवासीका समलिंगी पुत्र आयरल्यान्डका प्रधानमन्त्री

  • Get News Alerts

samsung
tata

आयरल्यान्डको राष्ट्रिय राजनीतिमा प्रवेश गर्दा उनको उमेर २२ वर्षको मात्र थियो। २७ वर्षको हुँदा उनी सांसद पदमा निर्वाचत भए। ३६ वर्षको उमेरमा उनले आफू समलिंगी भएको सार्वजनिक अभिव्यक्ति दिए।

आइरिस आमा र भारतीय पिताका सन्तान ३८ वर्षीया लिओ भारदकर आयरल्यान्डका प्रधानमन्त्री बन्ने निश्चित भएको छ। उनी आयरल्याण्डको इतिहासमा सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुनेछन्।

भारदकरले सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल ‘फाइन गाएल’ पार्टीको नेतृत्वमा प्रतिद्वन्द्वी साइमन कोभेनेलाई २० प्रतिशत मत अन्तरले पराजित गर्दै उनले प्रधानमन्त्री पद सुरक्षित गरे।

वर्तमान सरकारमा साइमन कोभेने आवास मन्त्री हुन् भने भारदकर ‘सामाजिक आरक्षण’ मन्त्री।

अब केही दिनमा भारदकरले प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने छन्।

आयरल्यान्डको राजधानी डुब्लिनमा जन्मे-हुर्केका यी युवाले वर्तमान सरकारमा ‘सामाजिक आरक्षण’ मन्त्रालय सम्हाल्दै आएका छन्।

सन् २०११ देखि आयरल्यान्डमा प्रधानमन्त्री रहेका एन्डा केनीले गत महिना राजीनामा दिएपछि लिओ भारदकरले पार्टी नेतृत्व र प्रधानमन्त्रीको दावी प्रस्तुत गरेका थिए।

उनका लागि साइमन कोभेने प्रतिद्वन्द्वी थिए जो बलिया उम्मेद्वार थिएनन्।

राजधानी सहर बाहिरका ‘कन्जर्भेटिभ’ मतदातामाझ कोभेने केही लोकप्रिय भए पनि सहरी आवाजको प्रतिनिधित्व भने भारदकरले गर्छन्। उनी आइरिस गाउँहरुमा समेत पार्टी कार्यकर्ता र मतदातामाझ लोकप्रिय छन्।

आज भएको चुनावमा पार्टी सांसदहरुको मत ६५ प्रतिशत र पार्टी सदस्य तथा स्थानीय राजनीतिज्ञहरुको ३५ प्रतिशत मत थियो ।

सन् २०१५ मा आयरल्यान्डले समलिंगी विवाहलाई मान्यता दिने वा नदिने भन्नेबारे ऐतिहासिक जनमत संग्रह हुने बेला भारदकरले आफू समलिंगी भएको सार्वजनिक गरेका थिए। तर, समलिंगी हुनुले नै आफ्नो व्यक्तित्व परिभाषित नगर्ने उनको ठहर छ।

उनले भनेका छन्- ‘त्यसले (समलिंगी हुनुले) मेरो व्यक्तित्व परिभाषित गर्दैन। म आधा भारतीय होइन वा म डाक्टरी पेसा भएको राजनीतिज्ञ भन्ने पनि होइन। न त म समलिंगी राजनीतिज्ञ हुँ। त्यो भनेको मेरो व्यक्तित्वको एक भाग मात्र हो, मेरो चरित्रको एक अंश मात्र हो।

हालैका वर्षहरूमा आयरल्यान्डले उदारवादी युरोपेली पहिचान अंगाल्दै गएको छ र राजनीतिमा धर्मको प्रभावबाट आफूलाई मुक्त गर्दै लगेको छ। भारदकर पनि आफ्नो यौनिक पहिचानबाट देशको ध्यान राजनीतितर्फ नै खिच्दैछन्। तर पनि बहुसंख्यक क्याथोलिक धर्मावलम्बी रहेको आयरल्यान्डमा उनले दिएको सार्वजनिक अभिव्यक्तिलाई अभूतपूर्व मान्न मानिन्छ।

आयरल्यान्डमा समलैंगिक सम्बन्धलाई ‘आपराधिक कार्य’ मानिन्थ्यो। सन् १९९३ मा उक्त कानुन संशोधन गरियो। सन् २०१५ मा आयरल्यान्डले समलिंगी विवाहलाई समेत कानुनी मान्यता दियो।

भारदकर प्रधानमन्त्री पदमा निर्वाचित भएपछि वर्तमान संसारमा सार्वजनिक रूपले आफूलाई समलिंगी भएको स्वीकार्ने दुई जना राष्ट्रप्रमुख भएका छन् - भारदकर र लग्जम्बर्गका प्रधानमन्त्री जेभियर बेटेल।

विगतमा दुई विश्व नेताले आफूलाई समलिंगी भएको सार्वजनिक गरेका थिए-  बेल्जियमका पूर्व प्रधानमन्त्री एलिओ डी रुपो र आइसल्यान्डका पूर्व प्रधानमन्त्री जोहोना सिगुरोआर्डोटिर।

भारदकरकी आइरिस आमा पेसाले नर्स हुन् भने बाबु अशोक भारतको मुम्बईबाट बेलायत आएका डाक्टर हुन्। विवाहपूर्व बेलायतको एक अस्पतालमा दुवै काम गर्थे।

बाबु-आमा बेलायतमा रहँदा आप्रवासी जीवन विताए पनि भारदकर आप्रवासका सम्बन्धमा ज्यादै उदारवादी मनिंदैनन्। उनले विगतमा आप्रवासका सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएका थिए।

देशमा भएको बेरोजगार समस्या हल गर्न बेरोजगार आप्रवासीलाई उनीहरुकै देश फर्काउनुपर्ने उनको अभिव्यक्ति थियो । यति हुँदाहुँदै उनलाई ३० हजार भारतीय मूलका आइरिसहरुको साथ छ।

भारदकरको समलिंगी पहिचानले चुनावमा कुनै असर नगर्ने युनिभर्सिटी कलेज कर्कमा अध्यापन गर्ने डा. थेरेसा रेडीको भनाइ छ।

‘आइरिस राजनीतिमा प्रथम महिला वा त्यस प्रकारको भूमिका हुँदैन। राजनीतिज्ञका व्यक्तिगत कुरालाई लिएर सार्वजनिक बहस पनि हुने गरेको छैन.’ रेडी भन्छिन्, ‘राजनीतिज्ञका पारिवारिक कुरा सार्वजनिक रुपले गौण हुन्छ।’

तर पनि संचार माध्यमले उनको उमेर र समलैंगिक जीवनमा धेरै चर्चा गरेका थिए।

भारदकर सञ्चारमाध्यममा सशक्त ढंगले प्रस्तुत हुन सक्ने नेता मानिन्छन्। उनी समयको चाहना र मुड बुझ्न सक्ने र त्यसलाई अभिव्यक्त गर्न उत्तिकै माहिर रहेको बताइन्छ।

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    कमल थापाले पर्खन भनेपछि संशोधन विधेयकमा ४ गतेपछि मात्र मतदान हुने

    निर्वाचन आयोगले राप्रपाबाट विभाजन भएर राप्रपा(प्रजातान्त्रिक) दर्ताका लागि परेको निवेदनमाथि अन्तिम निर्णय भदौ ४ गते गर्ने बताएको छ। सो निर्णयपछि मात्र अाफूहरूले विधेयकको पक्षमा मतदान गर्ने सन्देश थापाले सरकारलाई पठाएका छन्।  उनले  विधेयक ४ गतेभन्दा अगाडि निर्णयार्थ पेश भएमा भने  राप्रपाले संशोधनका विपक्षमा मतदान गर्ने जानकारी गराएको राजपा नेताले बताए।

  • राहत प्याकेज ल्याउने कृषिमन्त्री यादवको योजना

    कृषि विकासमन्त्री रामकृष्ण यादवले विपद्बाट कृषि क्षेत्रमा भएको समग्र क्षतिलाई सम्बोधन गर्न राहत प्याकेज ल्याउने बताएका छन्।  मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उनले धान, माछा, माछा पोखरी, तरकारी, मसलाबाली, कृषि पूर्वाधारलगायतका क्ष...

  • प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    प्रदेश नम्बर २ का कांग्रेस स्थानीय संयन्त्रले उम्मेदवार टुंग्याउन सकेनन्

    कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले अधिकांश जिल्लाले उम्मेदवारको नामावली पठाएको जानकारी दिए। उनका अनुसार आएकामध्ये कसैले पनि सर्वसम्मतले निर्णय गर्न सकेका छैनन्।

    प्रदेश नम्बर २ मा सकेसम्म स्थानीय संयन्त्रले नै विवाद सल्ट्याउन भनिएको थियो। तर अधिकांश जिल्ला संयन्त्रले भने विवादित नामावली नै पठाएका छन्।

  • ओबामाको एक ट्वीटले रच्यो इतिहास

    ओबामाको एक ट्वीटले रच्यो इतिहास अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाको एक ट्वीटले इतिहास रचेको छ। ओबामाले गरेको ट्वीटले ट्वीटरमा सबैभन्दा धेरै मनपराइने रेकर्ड कायम गरेको हो। नेल्सन मन्डेलाको चर्चित भनाइसँग उनले एक फोटो सेयर गरेका थिए। फोटोमा हेरविचार केन्द्रको झ्यालबाट बच्चाहरु बाहि...

  • ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा

    ताइवानमा बिजुली जाँदा मन्त्रीले दिए राजीनामा ताइवानको राजधानी ताइपेइमा विद्युत आपूर्ति बन्द भएर लाखौं घर प्रभावित भएपछि त्यहाँका आर्थिक मामिला मन्त्रीले राजीनामा दिएका छन्। मन्त्री चीह् कुङ लीको मौखिक राजीनामा स्वीकृत भएको सरकारका प्रवक्ताले जानकारी दिएका रोयटर्समा उल्लेख छ। ताइवानको स्थानीय सम...