एमालेको असहमति बीच प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक

  • Get News Alerts

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध जारी राखेको अवस्थामा संसद सचिवालयले प्रधानमन्त्री चयनको प्रक्रिया सुरू गरेको छ। एमालेले संसद अवरोध गरेकै कारण बहुमतीय प्रक्रीयाबाट प्रधानमन्त्री चयनक लागि राष्ट्रपती कार्यालयबाट आएको पत्र पेश हुन पाएको छैन।

यसैबीच राष्ट्रपतिको पत्र संसदमा पेश नभइ प्रधानमन्त्री निर्वाचन कार्यक्रम सार्वजनिक नगर्न एमालेले सभामुख ओनसरी घर्तीलाई आग्रहसमेत गरेको थियो। यद्यपी एमालेले संसद अवरोध कायमै राख्ने अडानले बिहिबार सूचना प्रकाशित हुन सकेको थिएन।

प्रधानमन्त्रीको निर्वाचनका लागि सभामुखले गरेको सहमति प्रयास सफल नभएपछि संसद सचिवालयले शुक्रबार निर्वाचनको सूचना सार्वजनिक गरेको हो। संसद भवन नयाँ बानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति जुटन नसकेपछि सभामुखले कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुको बैठक अपरान्ह तीन बजे सिंहदरबारमा बोलाएकी थिइन्।

सिंहदरबारको बैठकमा शीर्ष नेताहरू उपस्थित भएका थिएनन् उनीहरूले आफ्ना प्रतिनिधिमात्र पठाएका थिए। कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी नेता एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकलाई पठाएका थिए। एमाले अध्यक्ष केपी ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पठाएका थिए। यस्तै प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपप्रधानमन्त्री कृष्णबहादुर महरालाई बैठकमा पठाएका थिए।

सिंहदरबारको बैठकमा पनि एमालेले संसद अवरोध जारी रहेको बेलामा निर्वाचन कार्यातालिका सार्वजनिक नगर्न सुझाव दिएको थियो। हामीले संसद अवरोध अन्त्य नभइ प्रधानमन्त्री चयनको प्रक्रिया अघि नबढाउन सुझाव दिएका छौ,’ एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले सेतोपाटीसँग भने।

यता कांग्रेस र माओवादी केन्द्रका नेताहरुले भने प्रधानमन्त्री चयन जस्तो महत्वपूर्ण काममा संसद अवरोध गर्न नगर्न एमालेलाई आग्रह गरेका थिए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भौतिक पुर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दोस्रो चरणको निर्वाचनको चरणमा भएको तर सरकार काम चलाउ रहेकोले प्रधानमन्त्री चयनको प्रक्रियालाई अघि बढाउनुपर्ने बताए।

तीन दलका दोस्रो तहका नेता र प्रमुख सचेतकसँगको छलफलपछि संसद सचिवालयले जेठ २१ गते बिहान ११ बजे प्रधानमन्त्रीको निर्वाचन हुने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। 

संसद सचिवालयको कार्यतालिका अनुसार भोलि शनिबार ११ बजेदेखि चार बजेसम्म प्रधानमन्त्रीको उम्मेद्वारी दर्ता गर्ने समय तोकिएको छ ।

संविधान र नियमावली अनि दलहरुको सुझावका आधारमा निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको सभामुख ओनसरी घर्तीले बताइन्। प्रधानन्त्रीको निर्वाचनसम्म दलहरुले संसद सुचारूका लागि सहमति गर्ने उनले विश्वास दिलाइन्।

यसैबीच संसदको अवरोध कायमै रहेको बेला निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै एमालेले त्यसको बिरोध गरेको छ।

‘जेठ २१ गते एघार बजेसम्म संसदको अवरोध जारी नै छ। यस्तो अवस्थामा प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुको कुनै अर्थ हुदैन,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘संसदप्रति उत्तरदायी हुनुपर्ने सरकार संसद अवरोध भइरहँदा कसरी चुनिन्छ?’

संसद सुचारू भएको बेलामा मात्रै प्रधानमन्त्री चयनको प्रक्रिया सम्भव हुने उनले दाबी गरे।

संसद सुचारु भएपछि मात्रै प्रधानमन्त्रीका लागि आफ्नो पार्टीले उमेदवारी दिने–नदिने विषयमा निर्णय गर्ने उनले बताए ।

‘विधि प्रक्रियामा गएर सहमति गर्नेभन्दा पनि आफ्नो योजनामा सत्तापक्ष हिँडेको छ,’ एमाले प्रमुख सचेतक भानुभक्त ढकालले भने, ‘हामी अवरोधमा छौ। सामान्य अवस्था थियो भने केही हुँदैन थियो। प्रमुख प्रतिपक्ष आन्दोलनमा हुने अनि सूचनाबाट प्रधानमन्त्रीको विज्ञापन गर्ने काम भएको छ।’

नेकपा एमालेले भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारू नभएको भन्दै संसद बैठक केही दिनदेखि अबरुद्ध पार्दै आएको छ।

यता नेकपा एमालेले आजै बिपक्षी दलहरूसँग छलफल गरेको थियो। एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा अन्य दलले संसद अवरोध भइरहेको बेला प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक हुनु आश्चर्यजनक भएको बताएका थिए।

बैठकमा भरतपुर महानगरपालिकाको मतगणना सुरु गरेर संसदको अवरोध खोल्न सरकारलाई आग्रह गरेको नेकपा मालेका महासचिव सिपी मैनालीले सेतोपाटीलाई बताए ।

बैठकपछि सिंहदरबारमै एमाले अध्यक्ष केपी ओलीले राप्रपाका अध्यक्ष कमल थापासँगसमेत भेट गरेका थिए । भेटमा कमल थापाले भरतपुर घट्ना र संसद अलग विषय रहेको सुझाव दिएका थिए। ‘भरतपुरको मत गणना सुचारू गर्नुपर्ने र एमालेले पनि संसदको अवरोध खोल्नुपर्ने आफ्नो पार्टीको धारणा छ,’ उनले भने।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।