किन भएन नयाँ प्रधानन्यायधीश सिफारिश?

SAMSUNG
  • Get News Alerts

baleno
कार्कीले अवकाश पाउन पाँच दिन बाँकी
tata

प्रधानन्यायाधीश सुशीला कार्कीले उमेर हदका कारण अवकाश पाउन ५ दिनमात्र बाँकी छँदा पनि हुनेवाला प्रधानन्यायाधीशको टुंगो लागेको छैन।

भावी प्रधानन्यायाधीश सिफारिसका लागि न्यायपरिषद्ले संवैधानिक परिषद्मा नाम पठाउनुपर्ने नियम छ। तर न्यायपरिषद् बैठक बस्नै नसकेकाले अहिलेसम्म प्रधानन्यायाधीश को हुने भन्ने टुंगो नलागेको हो।

बैठक बोलाउन भन्दै प्रधानन्यायाधीश तथा न्यायपरिषद् अध्यक्ष कार्कीले पत्र काट्दा समेत परिषद् सचिवले बेवास्ता गरेको सर्वोच्च स्रोतले बतायो। 

कार्कीले जेठ १६ गते ४८ घण्टा भित्र बैठक बोलाउन भन्दै सचिवलाई चिठी लेखेकी थिइन्। पटकपटक आफूले सम्पर्क गर्दा सम्पर्कमा नआएकोले सचिवलाई चिठी नै पठाउनु परेको पनि उक्त पत्रमा उल्लेख थियो।

प्रधानन्यायाधीशले चिठी काट्दा पनि न्यायपरिषदको बैठक बस्ने कुनै टुंगो लागेको छैन।

‘प्रधानन्यायाधीशले जेठ १६ मै बैठक डाक्न निर्देशन दिँदै पत्र लेख्नुभएको थियो हामीलाई यति नै थाहा छ, बैठक अहिलेसम्म डाकिएको छैन,’ प्रधानन्यायाधीश सचिवालय स्रोतले बतायो।

परिषद् सचिव नहकुल सुवेदीले भने परिषद् बैठकबारे आफूलाई केही थाहा नभएको बताए।

‘परिषद् बैठक बसेको छैन, मलाई केही थाहा पनि छैन,’ सुवेदीले सेतोपाटीसँग भने।

परिषद् ऐनमा अध्यक्षले बैठक बोलाउन भनेपछि अन्य सदस्यलाई सचिवले खबर गर्नुपर्ने नियम छ। सचिवले नै अटेर गरेपछि बैठक बस्न नसकेको प्रधानन्यायाधीश निकट स्रोतले बतायो। अन्य सदस्य पनि प्रधानन्यायाधीशको सम्पर्कमा नआएपछि उनले सचिवलाई पत्र नै लेखेको स्रोतको दावी छ।

कानुनमन्त्री तथा परिषद् सदस्य अजयशंकर नायकले भने आफूलाई परिषद् बैठकको सूचना नआएको बताए।

‘पाँच सात दिन त म बाहिर थिएँ त्यसैले नआएको हो की थाहा भएन। तर अझै दुईतीन दिन समय बाँकी छ। आइतबारतिर परिषद् बैठक बस्न सक्छ नि,’ उनले भने।

प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एकमहिना अघि  नै संवैधानिक परिषद्ले संसदीय सुनुवाइका लागि सिफारिस गरिसक्नुपर्ने नियम छ।

तर, रोलक्रममा रहेका गोपाल पराजुलीसहित सर्वोच्च अदालतका पाँच न्यायाधीशको संविधानअनुसार योग्यता नपुगेकाले एक महिना अगावै सिफारिस गर्न मिलेको थिएन। प्रधानन्यायधीशमा सिफारिस हुनका लागि सर्वोच्चमा कम्तिमा तीन बर्ष काम गरेको हुनुपर्छ। जेठ १३ गते मात्र उनी सर्वोच्चको न्यायधीश बेनेको तीन बर्ष पुग्यो।

पराजुली सहितको योग्यता पुगेपछि भने न्यायपरिषद्को बैठक बस्नै मुस्किल भएको छ।

परिषद्मा पराजुली आफैं सदस्य छन्। त्यसबाहेक कानुन मन्त्री, प्रधानमन्त्रीका प्रतिनिधि र नेपालाबारका प्रतिनिधि गरि पाँच सदस्यीय परिषद् छ। पराजुली आफैं प्रधानन्यायाधीशका दाबेदार भएकाले परिषद् बैठकमा बस्न मिल्दैन।

स्रोतका अनुसार न्यायाधीश पराजुलीको जन्ममिति विवाद उल्झिने भयले परिषद् बैठक बस्नेवारे सचिव र सदस्यहरू उदासीन बनेका हुन्।

पराजुलीले पेश गरेका नागरिकता र त्यसको फोटोकपीमा दुईवटा जन्ममिति भेटिएपछि उनको उमेर विवादित बन्दै आएको छ।

पहिलो नागरिकता अनुसार उनको जन्ममिति २००९  साउन २१ गते हुन्छ भने त्यसको प्रतिलिपि अनुसार उनको जन्ममिति २०१० बैशाख १६ गते हुन्छ।

पराजुलीले नागरिकताको प्रतिलिपिको उमेरलाई कायम गरिदिनुपर्ने भन्दै परिषद्मा पटकपटक निवेदन दिएका थिए। पछिल्लो पटक प्रधानन्यायाधीश कार्कीले पनि उनको नागरिकताको पहिलो उमेर नै कायम गरिदिएपछि पराजुली रुष्ट छन्। पहिलो जन्ममितिलाई मान्दा उनले प्रधानन्यायाधीश भएपछि जम्मा ५६ दिन काम गर्न पाउँछन्।

पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद साहको पालामा पनि उनको निवेदन अनुसार प्रतिलिपि नागरिकताको उमेरलाई मान्यता दिइएको थिएन।

न्यायपरिषद्को नयाँ ऐनले नागरिकता र अन्यप्रमाणपत्रमा दुईवटा जन्ममिति भेटिए दिन महिना गते पुरै खुलेको जन्ममितिलाई मान्यता दिनुपर्ने उल्लेख छ।

प्रधानन्यायाधीश कार्कीले भने नागरिकतामै दुईवटा जन्ममिति भेटिएको,परिषद्को अभिलेखमा उनका तीनवटा जन्म मिति भएको र न्यायाधीशको उमेर यसरी विवादित हुन नहुने भन्दै पहिलो नागरिकताको जन्ममितिलाई कायम गरेकी थिइन्। उनले सर्वोच्च अदालतका नजिर र कानुनको हवला दिँदै पराजुलीको पछिल्लो उमेर कायम गर्न नसकिने निर्णय गरेकी थिइन्।

परिषद्का सदस्यहरू भने कानुनले नै स्पष्ट लेखेकाले पराजुलीको नयाँ उमेरलाई मान्यता दिनुपर्नेमा एकमत छन्।

नयाँ उमेर कायम भयो भने पराजुली १० महिना सर्वोच्चको प्रधानन्यायधीश हुन पाउँछन्। प्रधानन्यायधीश कार्कीकै पालामा पराजुलीको सिफारिस भयो भने कार्कीले पुरानै उमेर राखेर सिफारिश गरिदिन्छन् भन्ने ठानेर न्यायपरिषदको बैठक राख्न सदस्यले आनाकानी गरेको सर्वोच्च स्रोतले बतायो।

कानुनमन्त्री नायकले पनि न्यायाधीशको उमेरबारे कानुनमा जे छ त्यही हुने बताए। 

‘न्यायाधीशको उमेरबारे नयाँ कानुनमा स्पष्ट लेखिएको छ। कानुन अनुसार जे सहि हो त्यहि हुन्छ,’ उनले भने।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।