अनुमति नलिई किन नेपाल पस्यो भारतीय प्रहरी

SAMSUNG
  • Get News Alerts

baleno
tata

बुधबार राति धनगढी नाका हुँदै भारतीय प्रहरीको टोली स्कारपियो गाडीमा नेपाल आयो। अनुमति नलिइकनै नेपाल प्रवेश गरेका उनीहरू भारतीय सीमाबाट २ सय किमी उत्तरमा पर्ने डोटीको लडगडासमेत पुगे।

राती २ बजे घरमा सुतिरहेका लालबहादुर आउजीलाई अपहरणको शैलीमा गाडी हालेर उनीहरू धनगढी आउँदै थिए। स्थानीयले भारतीय प्रहरीले आउजीलाई अपहरण शैलीमा लगेको भन्दै इलाका प्रहरी कार्यालय लडगडामा खबर गरे।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षकले उनीहरुलाई बाटोमा छेक्ने प्रयास गरे। तर उनीहरुले अटेर गर्दै त्यहाँबाट उम्के। इलाका प्रहरी कार्यालय लडगडाका प्रहरी इन्चार्जले जिल्ला प्रहरी कार्यालयमा तत्काल रिर्पोट गरे। त्यसपछि जिल्लाबाट हतियारसहित खटेको प्रहरीेले धनगढी आइरहेका उनीहरूलाई बाटोबाट नियन्त्रणमा लियो।

गाडीमा ५ जना भारतीय प्रहरी थिए भने २ जना नेपाली। पक्राउ गरेर ल्याइएका आउजीको टाउको छोपिएको थियो भने हतकडी लगाइएको थियो।

किन आए त अनुमति नै नलिइकन भारतीय प्रहरी?

डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज बिष्टले उनीहरुले आफूसँग बैंक लुटेर नेपाल आएका आउजीलाई पक्राउ गर्न नेपाल आएको बताएको जानकारी दिए। एक वर्षअघि कर्णाटक राज्यमा बैंक लुट्नेमध्ये आउजी एक हुन। भारतीय प्रहरीले आउजीसहितको टोलीले बैंकबाट १४ लाख ६४ हजार भारतीय रुपैयाँ लुटेको बताएको छ।

‘उनीहरुले आउजी घटनाका मुख्य योजनाकार रहेको र उनलाई पक्राउ गर्न आफूहरु आएको बताए’, बिष्टले भने।

बैंक लुटपाटमा संलग्न ६ जना नेपालीलाई भने भारतीय प्रहरीले पक्राउ गरिसकेको छ। उनीहरुकै बयानका आधारमा भारतीय प्रहरी आउजीलाई खोज्दै नेपाल आइपुगेको हो।

भारतीय प्रहरी नेपाल आउँदा अनुमति लिएर मात्र आउनुपर्ने प्रावधान छ। डोटीमा भारतीय प्रहरी आफूखुसी प्रवेश गरेको यो पहिलो घटना भने होइन।  यसअघि २०७३ साल वैशाख दोस्रो साता ५ जना प्रहरी हतियारसहित नेपाल आएका थिए। त्यसबेला पनि भारतीय प्रहरीले माफी मागेपछि छाडिएको थियो।

यसपालि पनि भारतीय प्रहरीले माफी मागेपछि उनीहरुलाई छाडिएको छ। बिष्टले आउजीलाई भने प्रहरीले भारत लैजान रोकेको जानकारी दिए।

 

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।