कतिले रञ्जुको आँट देखेरै भोट दिनुभएको छ: उज्वल थापा

  • Get News Alerts

२१ वर्ष उमेरमै काठमाडौं महानगरपालिकाको मेयरमा भिडेकी रञ्जु दर्शनाको उम्मेदवारीलाई केहीले यहाँ गम्भीर रूपमा लिएका थिएनन्। जब उनी मतगणनामा परम्परागत राजनीतिक दलहरूको निम्ति कडा प्रतिद्वन्द्वीका रूपमा देखा परिन्, उनले पाउने नतिजालाई सबैले चासोका साथ हेरिरहेका छन्।

काठमाडौं महानगरको पछिल्लो मतगणनाअनुसार विवेकशीलकी रञ्जु तेस्रो स्थानमा छन्। मतगणनाको सुरुआती नतिजामै रञ्जु पुराना पार्टीको दाँजोमा आएकी हुन्। यसलाई मतदाताले खोजेको 'नयाँ अनुहार’को रूपमा हेरिएको छ। 

यही सन्दर्भमा हामीले रञ्जुको उम्मेदवारी र उनले पाइरहेको ‘उत्साहजनक’ नतिजाबारे विवेकशील नेपाली दलका अध्यक्ष उज्ज्वल थापासँग प्रतिक्रिया सोधेका थियौं।

पार्टीमा लामो समयदेखि सरिक थुप्रै सदस्य हुँदा पनि नेतृत्व खुबी भएकी रञ्जुलाई उम्मेदवार उठाएको उनले बताए। सुरुआती दिनदेखि नै उनको नेतृत्व क्षमता देखेर आफू उत्साहित भएको थापाको भनाइ छ।

‘लाखौं मतमा सयको गणना भइरहँदा पूरै नतिजाको आँकलन गर्न सकिँदैन, तर पनि हामी खुसी छौं, काठमाडौंमा ‘एक भोट बैनीलाई’ भन्ने अघोषित अभियानै चलेछ,’ उज्ज्वलले सोमबार सेतोपाटीसँग भने, ‘अहिले जुन ठाउँको मत गणना भइरहेको हो, त्यो ठाउँमा हामीले प्रचारप्रसार गर्नै भ्याएका थिएनौं। अझ चुनाव चिह्नले नै समस्या पार्यो। चुनावको मात्र होइन, यसअघि हामीले गर्ने सामाजिक अभियान पनि त्यो क्षेत्रमा पुर्याउन सकिएको थिएन। तर, पनि हामीले सोचेभन्दा राम्रो मत पाइरहेका हौं।’

दुई नम्बर वडाको मतगणना सुरु भएपछि नतिजा अहिलेको भन्दा राम्रो हुने उनको अनुमान छ। लाजिम्पाट क्षेत्र यो वडामा पर्छ। ‘हाम्रो चुनावी परिणामले केही दिनमै मूलधारको नेपाली राजनीतिमाथि ठूलो प्रश्न उठ्नेछ,’ उनले भने, ‘नेपाली राजनीतिमा रञ्जुजीले पाएको भोट ऐतिहासिक हुनेछ।’

दोस्रो संविधानसभा निर्वाचनमा उज्ज्वल आफैं काठमाडौंबाट चुनाव लडेका थिए। त्यो क्षेत्र महानगरपालिकाको २ देखि ६ वडाभित्र पर्छ। दोस्रो संविधानसभा बेला त्यो क्षेत्रका मतदाताले विवेकशील दलको काम देखिसकेकाले काठमाडौंका अरू क्षेत्रबाट भन्दा राम्रो मत आउने उज्ज्वलको अनुमान छ। 

उनको भनाइमा काठमाडौंभरिकै जनताले विवेकशील दल भनेको ‘बोल्ने होइन, गर्ने पार्टी हो’ भनी चिनेका छन्। विवेकशील दलले दोस्रो संविधानसभा निर्वाचनमा उठाएका पुकार बम, गोविन्द नारायण, सन्तोष प्रधानको क्षेत्रबाट रञ्जुले बढी मत पाउने उनको अनुमान छ। त्यो क्षेत्र २२ देखि २५ र ३० देखि ३२ वडाभित्र पर्छ।

‘वसन्तपुर क्षेत्र नेवारबाहुल्य क्षेत्र हो, त्यहाँ कस्तो होला भनेर हामीले अझै अनुमान लगाउन सकेका छैनौं,’ उज्ज्वलले भने, ‘तर पनि, सम्पदा संरक्षणका लागि हामीले लामो समयदेखि अभियान चलाउँदै आएकाले त्यहाँका जनताले पनि हामीलाई काम गर्ने पार्टीका रूपमा चिनिसकेका छन् जस्तो लाग्छ। बदर भएको मतपत्रमा समेत इस्टकोटमा भोट परेको देखियो। जनताले साँच्चिकै नयाँ अनुहार र सोचको खोजी गरिरहेको भन्ने प्रस्ट भएको छ।’

हुन त विवेकशीलले चर्चाकै लागि अनुभव नभएकी २१ वर्षीया रञ्जुलाई उठाएको आरोपसमेत लाग्ने गरेको छ। अरू कोही उम्मेदवार उठाएको भए यति चर्चा हुँदैन थियो भन्ने आलोचकहरूको भनाइ छ। 

उज्ज्वल भने पार्टीको प्रचारका लागि रञ्जुलाई उमेदवार बनाएको स्वीकार्दैनन्। 

‘कतिले रञ्जुको आँट देखेरै भोट दिनुभएको छ भने त्यो उनले पूरा गर्ने छिन्,’ थापाले भने, ‘तर, २१ वर्षको उमेदवार भएकैले भोट दिएको भन्ने होइन। हामीले पहिलेदेखि नै काम देखाउँदै आएकाले पार्टीको प्रचार कामबाटै भइरहेको छ। कतिले नयाँलाई मौका दिउँ भनेर भोट दिनुभएको हो। कतिले विवेकशील मन परेर दिनुभएको हो। कतिले विवेकशीलको सक्षम समूह देखेर यसले सफा नियतले काम गर्न सक्छ भनेर दिनुभएको हो।’

उनले रञ्जुलाई मेयर जित्ने निश्चित भएरै उम्मेदवारी दिएको बताए। रञ्जु मेयरका लागि सक्षम उमेदवार भएको पनि उनको भनाइ छ। 

‘काठमाडौं राजधानी भएकाले मुटु मान्न सकिन्छ,’ उनले थपे, ‘मुटु सफा राख्न सक्यो भने नशा–नशा सफा हुन्छन्। हामीले काठमाडौंलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर तीन वर्षदेखि अनुसन्धान गर्दै आएका थियौं, जुन टिममा रञ्जुजी पनि हुनुहुन्छ। त्यसैले उहाँ मेयरका लागि सक्षम हुनुहुन्छ। कुनै पनि मतदाता आफूले भोट दिएको पार्टीले हारोस् भनेर सोच्दैन। हार्छ भन्ने जान्दाजान्दै भोट खेर फाल्न पनि चाहँदैन। जसले रञ्जुजीलाई भोट दिनुभयो, उहाँहरूले रञ्जुजीले जित्नुपर्छ भन्ने सोचले मात्र नभई जित्ने पक्कापक्की भएरै भोट दिनुभएको हो।’

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।