आयोगद्वारा निर्वाचन तयारीबारे नियोग प्रतिनिधिलाई जानकारी

  • Get News Alerts

निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको तयारीबारे संयुक्त राष्ट्रसङ्घसँग आबद्ध नियोगका प्रतिनिधिलाई आज जानकारी गराएको छ ।

आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), संयुक्त राष्ट्रसङ्घीय बालकोष, संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष, विश्वखाद्य कार्यक्रमलगायतका नियोगमा कार्यरत प्रतिनिधिलाई निर्वाचनको तयारीबारे अवगत गराएको हो ।

नियोगका प्रतिनिधिले मतदाता नामावली सङ्कलन, महिलाको सहभागिता, अपाङ्गता भएकालाई मतदानका लागि गरिने व्यवस्था, महिलाको प्रतिनिधित्व, निर्वाचन परीवेक्षणको व्यवस्थालगायतका विषयमा जिज्ञासा राखेका थिए ।

समाजमा पछि परेका समुदाय र दूरदराजका मतदातालाई निर्वाचन र मतदानमा भाग लिन गर्न लागिएको व्यवस्था तथा समग्र निर्वाचनका तयारीका अवस्थाका बारेमा पनि उनीहरुले जिज्ञासा राखेका थिए ।

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले नेपालम गणतन्त्र, सङ्घीयता र लोकतन्त्र कार्यान्वयनको चरणमामा रहेको अवस्थामा हुन लागेको निर्वाचनपछि जनताले स्थानीय तहमै सरकार प्राप्त गर्ने बताए। 

उनले भने, “नेपालले राजनीतिक र संवैधानिक हिसाबले निकै ठूलो फड्को मारेको छ, निर्वाचनका लागि अत्यावश्यक आचारसंहिता, आर्थिक र अरु सामग्रीको व्यवस्थापन गरेर निर्वाचनको अन्तिम तयारीमा जुटेको छ, मतपत्र, मतपेटिकाको व्यवस्थापन गर्न पनि हाम्रा लागि निकै ठूलो चुनौती थियो ।”

आयोगका सहसचिव नवराज ढकालले आगामी स्थानीय तहको निर्वाचन सङ्घीयता र संविधान कार्यान्वयनका लागि कोसेढुङ्गा सावित हुने बताए। 

निर्वाचन आयोगले मतदाता र राजनीतिक दल दर्ता, मतदाता शिक्षाका लागि सञ्चालन गरिएको कार्यक्रम, मतदाता, मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या, अपाङ्गता र दृष्टिविहीनलाई मतदानका लागि प्रेरित गर्न गरिएको व्यवस्थालगायत समग्र निर्वाचन तयारीका बारेमा नेपालस्थित संयुक्त राष्ट्रसङ्घसँग आबद्ध विकास साझेदार संस्थाका प्रतिनिधिलाई जानकारी गराएको हो ।

नेपालको सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले आगामी निर्वाचनका सन्दर्भमा मतदाता शिक्षामा समेत विशेष सहयोग गरेको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।