स्थानीय शासन ऐनको मस्यौदा दर्ता प्रक्रियामा

  • Get News Alerts

स्थानीय तह सञ्चालनका लागि आवश्यक स्थानीय शासन ऐनको मस्यौदा संसद् सचिवालयमा दर्ताको प्रक्रियामा रहेको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भई आउँदा ऐन पारित भइसक्ने गरी दर्ताको काम अघि बढाइएको छ ।

मस्यौदा मन्त्रिपरिषद्को गएको चैत २९ गतेको बैठकले पारित गरेको थियो । अर्थ मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सहमति लिएर मस्यौदा आइतबारसम्म सचिवालयमा दर्ता गरिने तयारी भएको मन्त्रालयका सहसचिव तथा सङ्घीय मामिला महाशाखा प्रमुख डा हरिप्रसाद पौडेलले जानकारी दिए। 

गाउँपालिका र नगरपालिकाको वडा सङ्ख्या र सीमा निर्धारण विधेयक संसद्बाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ ।

कार्यविभाजन नियमावली, कार्यसम्पादन नियमावली र संविधानको अनुसूची ८ मा व्यवस्था गरिएको स्थानीय तहको काम, कर्तव्य एवम् अधिकारसम्बन्धी कानुनको मस्यौदा निर्माण भइरहेको उनले जानकारी दिए। 

“स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको सुविधा प्रदेशले बनाउने संविधानमा उल्लेख छ, हाल प्रदेश संसद् नभएकाले पछि पारित गर्ने गरी नमुना कानुन बनाउँदै छौँ, स्थानीय तहमा हुने खर्च, राजस्व उठाउने व्यवस्थासम्बन्धी कानुनको नमुना पनि मस्यौदा भइरहेको छ”– उनले भने।

स्थानीय तह पूर्णरुपमा सञ्चालन गर्न चाहिने कर्मचारीको सङ्ख्यासम्बन्धी अध्ययन भइरहेको मन्त्रालयले जनाएको छ । जनप्रतिनिधि निर्वाचित भएलगत्तै स्थानीय तहलाई तोकिएका काम, कर्तव्य र अधिकारका विषयमा एकसाताको अभिमुखीकरण गर्ने तयारी मन्त्रालयको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।