कञ्चनपुरका राजनीतिक दललाई उम्मेद्वार छान्नै सकस

  • Get News Alerts

स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा कञ्चनपुरका राजनीतिक दललाई नगरपालिका र गाउँपालिकाको उम्मेद्वार छान्न सकस भइरहेको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको राजनीतिक प्रभाव बढी रहेको कञ्चनपुरमा तीनवटै दललाई उम्मेद्वार छान्न मुश्किल भइरहेको छ ।

तीनवटै दलभित्र वडा अध्यक्षसहित नेतृत्व लिने उम्मेद्वारको नामावली तय गर्ने काम भइरहेको छ । विसं २०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा यहाँका चारवटै निर्वाचन क्षेत्रमा विजयी भएको नेपाली काँग्रेसमा सर्वसम्मत रुपमा उम्मेद्वार छान्न पार्टीका केन्द्रीय सदस्य रमेश लेखक र नारायण प्रकाश साउद जिल्लामा खटिएको पार्टीका जिल्ला सचिव दिवाकर पाण्डेयले जानकारी दिए। 

“आकांक्षी धेरै देखिएका छन, छनोट गर्न गाह्रो भइरहेको छ,” उनले भने। काँग्रेसले वैशाख ७ गतेभित्र उम्मेद्वारको विषय टुङ्ग्याउने बताए पनि छनोट गर्न सकेको छैन । काँग्रेसले सहमतिको प्रयासका लागि पुनः दुई दिन समय थपेको सचिव पाण्डेयको भनाइ छ ।

“महाकाली नगरपालिका र भीमदत्तनगरपालिकाका केही वडामा उम्मेद्वार चयन गर्ने काम भइसकेको छ,” उनले भने– “थपिएको दुई दिनको समयमा सहमतिबाट उम्मेद्वार चयन गर्न नसकिए पार्टीले तोकेको प्रक्रिया अनुसार हुन्छ ।”

भीमदत्त नगरपालिकामा नगरप्रमुखका लागि १३ जना आकांक्षी देखिएका छन् । पार्टीभित्र समावेशी र महिला उम्मेद्वार पनि धेरै देखिएका सचिव पाण्डेयको भनाइ छ । पुरुषको भन्दा महिला बढी उत्साहित भएका छन् ।

त्यसैगरी नेकपा एमालेले पनि उम्मेद्वारको टुङ्गो लगाउन सकेको छैन । पार्टीका जिल्ला उपसचिव रणबहादुर महराले जिल्ला कमिटिले चाँडै उम्मेद्वारको नामावली प्रदेश कमिटिमा सिफारिस गर्ने र प्रदेश कमिटिले वैशाख १२ गते नाम सार्वजनिक गर्ने बताए। 

“धेरै वडामा सर्वसम्मतबाट उम्मेद्वार तय भइसकेका छन,” उनले भने । जिल्ला कमिटीले एउटा नगरपालिका र गाउँपालिकाबाट कम्तीमा एक महिलासहित तीनजना उम्मेद्वारको नाम सिफारिस गर्ने र प्रदेश कमिटिले त्यसलाई अन्तिम रुप दिने महराको भनाइ छ ।

यस्तै नेकपा माआवादी केन्द्ले भने शुक्रबार साँझसम्म कञ्चनपुरका सबै नगरपालिका र गाउँपालिकाका उम्मेद्वारको टुङ्गो लागिसक्ने जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य गोपाल रसायलीले ५० प्रतिशत उम्मेद्वारको टुङ्गो लागिसकेको बताए। 

“वैशाख ९ गते मुलुकभर एकसाथ नामावली सार्जजनिक गरिनेछ,” उनले भने। उम्मेद्वार छान्न दैनिक छलफल चलिरहेको छ । माओवादीबाट भीमदत्त नगरपालिकाको नगरप्रमुखका लागि ६ जना आकांक्षी देखिएका छन् । जिल्लाभर चुनावी चहलपहल ह्वात्तै बढेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष पूर्णबहादुर चन्द वडा अध्यक्षलगायत समितिका लागि आफ्नो पार्टीले सर्वसम्मत उम्मेद्वारको नाम छान्ने काम गरिरहेको बताउँछन्। “उम्मेद्वारको टुङ्गो लगाउने कार्य र प्रचारप्रसार एकसाथ भइरहेको छ,” चन्दले भने। भीमदत्त नगरपालिकामा सो पार्टीले गजेन्द्रबहादुर चन्दलाई नगरप्रमुखमा अगाडी सार्ने सम्भावना छ । कञ्चनपुर निर्माण व्यवसायी सङ्घका अध्यक्ष समेत रहेका चन्द हालै सो पार्टीमा प्रवेश गरेका हुन्। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।