देशकै ठूलो महानगर पोखरामा मेयर र उपमेयर को-को बन्दैछन्

  • Get News Alerts

आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकामा टिकटका नेताहरू कस्सिएका छन्। चुनावी माहोल बढ्दै जाँदा राजनीतिक दलमा उम्मेद्वार चयनको चासो सबैमा छ।

दलले आधिकारिक रूपमा उम्मेद्ववार घोषणा नगरे पनि सम्भावित उम्मेदवारको चर्चा यतिबेला बजार, चोक, चियापसल, होटल, रेस्टुरेण्ट जताततै छ। दलका प्रभावशाली नेता नै पोखराको प्रमुख र उपप्रमुखको उम्मेदवारको चर्चामा छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका नेता कार्यकर्ताबीच मेयर र उपमेयर उम्मेदवारको चर्चा बढेको छ। कांग्रेसभित्र महानगर प्रमुखका लागि १० भन्दा बढीको चर्चा छ। रामजी कुबँर, महादेव गुरुङ, देवराज चालिसे, अशोक पालिखे, बिन्दुकुमार थापा, सुदिप मोहन भट्टराई, ऋषि काफ्ले, बजीरमान श्रेष्ठ रहेका छन् ।

मेयर बन्न जसले इच्छा प्रकट गरे पनि पार्टीले जनतामा भिजेको र राम्रो छबि भएकोलाई उमेद्वार बनाउने नेपाली कांग्रेस कास्की सभापति कृष्ण केसीले सेतोपाटीलाई बताए। उनले वैशाख १० गते भित्र पार्टीले उम्मेद्वार टुंगो लगाइसक्ने तयारी भइरहेको बताए।

नेकपा एमालेभित्र पनि आकांक्षीको कुनै कमि छैन। पार्टी अध्यक्ष तथा पूर्वमेयरसमेत रहेका कृष्ण थापा, मानबहादुर जिसी, श्रीनाथ बराल, राजीव पहारी, र धनराज आचार्यको नाम चर्चामा छ। पार्टीको नियम बमोजिम तीन जनाको नाम केही दिनमा केन्द्र पठाउने तयारी भइरहेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले बताए।

उनले मेयर उपमेयर छनोटका लागि निर्वाचनबाट उमेद्वारको टुंगो लगाउने बताए । 

माओवादी केन्द्रमा पनि मेयरका आकांक्षी धेरै छन्। माओवादी केन्द्र कास्की अध्यक्ष दीपक कोइराला, पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने, नेताहरू कोमलनाथ बराल, झलकपाणि तिवारी, रामजी बराल लगायतले महानगर प्रमुखमा उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्।

त्यस्तै उपमेयरमा पनि अहिले चर्चा बढेको छ। उपमेयरमा दलले बढीजसो महिलालाई अघि सारेका छन्। कांग्रेसभित्र उपमेयरमा महिला संघ कास्की सभापति कोपिला रानाभाट, महाधिवेशन प्रतिनिधि खिमकुमारी बराल र कास्की कोषाध्यक्ष लक्ष्मी पाण्डेको चर्चा छ। त्यस्तै एमालेमा कास्की उपमहासचिव प्रभा कोइराला, अखिल नेपाल महिला संघ कास्की अध्यक्ष मञ्जु गुरुङसहित देवका पहारी, मीना गुरुङ र नेत्रकुमारी सुवेदी गुरुङको चर्चा छ । माओवादी केन्द्रबाट निर्मला न्यौपाने र कन्चन खनालको नाम अगाडि आएको छ ।

स्थानीय तह पुर्नसंरचान पछि पोखरा देशकै ठूलो शहर बनेको छ। पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका र केही गाविस समेटेर बनेको पोखरालेखनाथ महानगरपालिका देशकै ठूलो सहर बनेको हो। पोखरा लेखनाथ महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको मुख्य प्रतिस्पर्धा हुनेछ। ३३ वटा वडा रहेको महानगरमा अहिले राजनीतिक दलहरू वडा अध्यक्ष र अन्य पदका लागि उमेदबार चयन गर्न ब्यस्त छन्।

कास्कीका कुल २ लाख २४ हजार ८ सय ९ जना मतदाता मध्ये पोखरालेखनाथ महानगरपालिकामा १ लाख ६८ हजार ६७ जना मतदाता छन् ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।