सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण गर्नुस्- प्रमुख निर्वाचन आयुक्त

  • Get News Alerts

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित भइ पहरेदारको जिम्मेवारी सम्हाल्न सञ्चारमध्यमलाई आग्रह गरेका छन्। 

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पत्रकारिता विभाग र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले आज आयोजना गरेको ‘आगामी स्थानीय तहको निर्वाचनमा सन्तुलित समाचार सम्प्रेषण र समाचारको महत्व’ विषयक कार्यशालामा सहभागी पत्रकारसँग उनले उक्त आग्रह गरेका हुन्। 

प्रमुख आयुक्त डा यादवले भने 'सञ्चारमध्यमले पस्किएका सामग्रीबाट आचारसंहिता उल्लङ्घन भई हालसम्म आयोगले कुनै हैरानी व्यहोर्नु परेको छैन, देश निर्वाचनमय भएको छ, यो वातावरण बनाउन सञ्चारमध्यमले निर्वाह गरेको भूमिका निकै प्रशंसनीय छ।'

नेपालको संविधानअनुरुप स्थानीय तहमा लैङ्गिक समानताका हिसाबले ऐतिहासिकरुपमा रहने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारीको मिति निकै नजिक आइरहेको अवस्थामा सञ्चारमध्यमबाट सत्यतथ्यमा आधारित सन्तुलित र वस्तुगत समाचार सम्प्रेषण हुनुपर्दछ भन्दै उहाँले निर्वाचनको व्यवस्थापकीय दृष्टिकोणबाट आयोग निकै अघि बढिसकेको बताए। 

निर्वाचनको सरगर्मी सकारात्मक हिसाबले गाउँ टोलमा तीव्ररुपमा अघि बढिरहेको, वातावरण थप अनुकूल बन्दै गएको जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको महाअभियानमा मिडियाजगत्ले मतदातालाई साथमै लिएर अघि बढिरहेको आफूले अनूभूत गरेको बताए। 

केन्द्रीय पत्रकारिता विभागका प्रमुख प्राध्यापक चिरन्जीवी खनालले निर्वाचनसम्बन्धी समाचार सम्प्रेषणमा सञ्चारकर्मीले निष्पक्षतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता औँल्याए।

नेपालस्थित जाइकाका प्रतिनिधि जुन साकुमाले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आम सञ्चारमाध्यमको भूमिका निकै महत्वपूर्ण रहने बताए। 

नेपालका सञ्चारगृह र सञ्चारकर्मीको क्षमता अभिवृद्धिमा जाइकाले निरन्तर सहयोग पु¥याउँदै आएको बताउँदै उनले निर्वाचन आयोगलाई पनि भौतिक र प्राविधिक सहयोग उपलब्ध गराउने वचन दिए। 

जापानको सार्वजनिक प्रसारण संस्थाका महासचिव तोसियुकी सातोले निर्वाचनको समयमा सञ्चारमाध्यमले सन्तुलन कामय गर्ने कुरालाई विशेष ख्याल गर्न आवश्यक रहेको बताए।

जापानी प्रसारण संस्था एनएचके इन्टरनेसनलका अध्यक्षमा कोटो हाराडाले ‘चुनावी समाचार सन्तुलनः र निष्पक्षता जापानी अनुभव’ विषयक कार्यपत्र प्रस्तुत गर्दै स्वच्छ र स्वतन्त्र निर्वाचनमा सञ्चारमाध्यम र सञ्चारकर्मीको भूमिका बारे चर्चा गरे । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।