‘निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता हुन्न’

  • Get News Alerts

गृहसचिव लोकदर्शन रेग्मीले स्थानीय तहको निर्वाचनका लागि सुरक्षा प्रबन्ध मिलाउन कुनै सम्झौता नहुने बताएका छन्। 

धुलिखेलमा आजदेखि सुरु भएको मध्यमाञ्चलस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहसचिव रेग्मीले कानुनी अडचन बाहेकका सबै मापदण्ड अपनाएर सुरक्षा फौज परिचालन गरिने बताए। सुरक्षा प्रबन्ध मिलाउन, निर्वाचनमा राजनीतिक प्रक्रियालाई सहजीकरण गर्न तथा कानुनी व्यवस्थालाई फितलो हुन नदिन र आफ्नो कार्यभार पूरा गर्न सहभागी सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिए। 

सरकारले सुम्पेको काम पूरा गर्न उच्च मनोवलका साथ राष्ट्रिय भावनाबाट ओतप्रोत भएर काम गर्न आवश्यक भएको उनले बताए। 

गृह मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले वैशाख ३१ गतै नै स्थानीय तहको निर्वाचान गर्नका लागि सुरक्षा खाका प्रस्तुत गरिसकेको जानकारी दिए। 

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी शिव सिंखडाले सुरक्षा प्रणालीलाई तल्लो तहमा पु¥याउन आवश्यक रहेको बताए। भयरहित र त्रुटिरहित निर्र्वाचन सुरक्षा निकायका लागि चुनौतीपूर्ण भएको उनको भनाइ थियो ।

गोष्ठीमा मध्यमाञ्चल क्षेत्रका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।