सातबुँदे घोषणापत्र जारी गर्दै सूचना सम्मेलन सम्पन्न

  • Get News Alerts

सूचनाको हकको प्रभावकारी प्रचलनका लागि राष्ट्रिय सूचना आयोगद्वारा आयोजित राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ ।

सम्मेलनले नेपालको संविधानको धारा २७ मा सूचना माग्ने र पाउने हकका साथै प्रवाहको हक पनि थप गर्नुपर्ने, संविधानको त्यस धारामा रहेको ‘नागरिक’ को सट्टा ‘व्यक्ति’ शब्द प्रयोग गर्नुपर्ने माग गरेको छ ।

सङ्घीय सूचना आयोग र प्रादेशिक सूचना आयोगको कार्यक्षेत्रको विभाजनसहितको छाता कानुन तर्जुमा गर्नुपर्ने, सूचना माग र प्रवाहको वर्तमान कार्यविधिमा सुधार गरी सङ्क्षिप्त र छिटो सूचना प्राप्त हुने व्यवस्था गर्नुपर्नेसमेत सम्मेलनले माग गरेको छ ।

आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले घोषणापत्र जारी गर्दै राष्ट्रिय सूचना आयोगलाई आर्थिक र प्रशासनिक स्वतन्त्रता प्रदान गर्दै त्यसको संस्थागत विकासमा उच्च प्राथमिकता दिनुपर्ने माग गरे। 

‘नागरिकबाट माग हुने सूचना यथाशक्य शीघ्र उपलब्ध गराउन र तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने र मातहत निकायलाई पनि त्यसैअनुरूप उत्प्रेरित गर्नेछौँ’ – घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले मुलुकका पचहत्तरै जिल्लामा सूचनाको हकको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।