सोलुखुम्बुमा एमालेका सात सिफारिस, दल उम्मेदवार छान्दै

  • Get News Alerts

नेकपा एमाले सोलु दूधकुण्ड नगरपालिकाको बैठकले नगरपालिकाको मेयर पदको उम्मेदवारमा सातजनाको नाम सिफारिस गरेको छ ।

नगर सङ्गठन कमिटीको बिहीबार बसेको बैठकले आसन्न स्थानीय तह निर्वाचनका लागि आङदामी शेर्पा, डाकबहादुर राणापाल, दोर्जी जाङ्बु लामा, बच्चुनारायण श्रेष्ठ, वीरउदाश श्रेष्ठ, रामकाजी श्रेष्ठ र सन्तोष मगरको नाम सिफारिस गरेको प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठले जानकारी दिए। 

यस्तै, बिहीबार नै बसेको जिल्ला कमिटी बैठकले पनि नाम टुङ्गो लगाउन नसकेपछि सातैजनाको नाम प्रदेश सभामा पठाउने निर्णय गरेको छ । सो नगरपालिकाको उपमेयरका लागि कल्पना राई, मोहनकुमारी कार्की, सूर्यकुमारी सुनुवार र याङ्डी लामाको नाम प्रदेश सभामा सिफारिस गरेको छ ।

सोलु दूधकुण्ड नगरपालिकाको मेयर पदमा नेकपा माओवादी केन्द्रले यसअघि नै ङिमातेण्डुप लामालाई मेयर पदको उम्मेदवार घोषणा गरिसकेको छ भने नेपाली काँग्रेसलगायत अन्य दलले अझै उम्मेदवार छनोट गर्न सकेका छैनन् ।

नेकपा ९एमाले०ले हालसम्म जिल्लाका तीनवटा गाउँपालिकाको प्रमुख पदको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले लिखुपिके गाउँपालिकाको प्रमुखमा पोष्टकुमार कार्की, खुम्बु पासाङल्हामु गाउँपालिकामा ङिमदोर्जी शेर्पा र दूधकोसी गाउँपालिकामा बुद्धिकिरण राईलाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।

यस्तै, नेकपा माओवादी केन्द्रले सोलु दूधकुण्ड नगरपालिकामा ङिमातेण्डुप शेर्पा, दूधकोसी गाउँपालिकामा आशमान राई, दूधकौसीका गाउँपालिकामा अशिम राई र लिखुपिके गाउँपालिकाको प्रमुखमा डम्बरबहादुर बस्नेतलाई प्रमुख पदको उम्मेदवार घोषणा गरिसकेको छ ।

अन्य स्थानीय तहमा भने हालसम्म कसैले पनि उम्मेदवार टुङ्गो लगाउन सकेका छैनन् । अहिले दलहरु उम्मेदवार छनोटको अन्तिम चरणमा पुगेको बताइएको छ । स्थानीय तहको प्रमुख पद तथा वडा प्रमुख पदमा आकाङ्क्षी धेरै भएकाले नेपाली काँग्रेस र नेकपा एमालेलाई उम्मेदवार छान्न कठिन भएको बताइएको छन् । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।