नवलपरासीबाट ३४७ महिला प्रतिनिधि चयन हुने

  • Get News Alerts

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा नवलपरासी जिल्लाबाट करिब ३४७ जना महिला प्रतिनिधि चयन हुने भएका छन् ।

विभिन्न राजनीतिक दलहरुबाट विभिन्न पदमा प्रतिनिधि चयन हुने भएका हुन् जसमध्ये कम्तीमा १६६ जना दलित महिला जनप्रतिनिधि चयन हुँदैछन् ।

राजनीतिक दलहरुको हकमा नगरपालिकामा प्रमुख वा उपप्रमुखमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ । यता गाउँपालिकाको हकमा अध्यक्ष, उपाध्यक्षमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्नेछ ।

साथै, प्रत्येक नगरपालिकामा वा गाउँपालिकामा चयन हुने चारजना वडा सदस्यमध्ये दुईजना महिला अनिवार्य छ जसमध्ये एकजना दलित महिलाको प्रतिनिधित्व हुनुपर्ने प्रावधान छ ।

जिल्लामा हाल कायम भएको १५ वटा स्थानीय तहबाट ती महिला जनप्रतिनिधि चयन हुन लागेका हुन् । नवलपरासीमा हाल सात नगरपालिका र आठ गाउँपालिका रहेका छन् । त्यहाँबाट कुल ८९७ जना जनप्रतिनिधि चयन हुँदैछन् ।

नवलपरासीमा आसन्न स्थानीय तहको निर्वाचनमा नगरसभातर्फ ६०५ जना र गाउँसभातर्फ २९२ जना जनप्रतिनिधि चयन हुने जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा चूडाविक्रम शाहीले जानकारी दिए।

नगरपालिकाको हकमा एकजना प्रमुख, एकजना उपप्रमुख, प्रत्येक वडामा वडा अध्यक्ष र प्रत्येक वडामा चार–चारजना वडा सदस्य चयन हुनेछन् जसमध्ये वडा सदस्यको हकमा दुईजना खुल्ला, एकजना महिला र अन्य एकजना दलित महिला सदस्य हुनुपर्ने प्रावधान छ ।

राजनीतिक दलहरुको हकमा नगरपालिकामा प्रमुख वा उपप्रमुख र गाउँपालिकामा अध्यक्ष वा उपाध्यक्षमध्ये एकजना अनिवार्य रुपमा महिला उम्मेदवार हुनुपर्ने भए पनि स्वतन्त्र उम्मेदवारको हकमा सो प्रावधान लागू छैन ।

नवलपरासीमा हाल छवटा निर्वाचन क्षेत्र छन् जसमध्ये क्षेत्र नं १, २ र ३ मा नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्रबीच प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी निर्वाचन क्षेत्र नं ४ ५ र ६ मा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

नवलपरासीमा कुल तीनलाख ६९ हजार ८९४ मतदाता सङ्ख्या रहेको छ जसमध्ये पुरुष मतदाता एक लाख ८० हजार ३१६ रहेको छ भने महिला मतदाता एक लाख ८९ हजार ५९४ रहेको छ । यसैगरी आठजना तेस्रोलिङ्गी मतदाताको सङ्ख्या रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यस जिल्लामा २३२ मतदानस्थल र ४८७ मतदान केन्द्र रहनेछन् । नवलपरासीमा ३२ राजनीतिक दलले दल दर्ता गरेका छन् । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।