हिन्दू राष्ट्र र राजसंस्था हुनुपर्छः नेता लोहनी

  • Get News Alerts

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकलाई हिन्दू राष्ट्र घोषणा र राजसंस्थाको पुनःस्थापनाका लागि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्। 

एकीकृत राप्रपा राष्ट्रवादी नुवाकोटको आयोजनामा बिदुरमा भएको बृहत् जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले संसारभर एक अर्ब ३० करोड बासिन्दा हिन्दू धर्मावलम्बी भएकाले त्यसको पहिचान हिमालय पर्वत रहेको नेपालबाट दिन हिन्दू राष्ट्रको स्थापना अनिवार्य रहेको बताए। 

“आफ्नो पार्टी सबै धर्मको सम्मान गरी ९४ प्रतिशत ओमकार परिवार रहेको हिन्दू धर्मावलम्बी रहेको नेपाली भूमिलाई हिन्दू राष्ट्र घोषणाका लागि अभियान चलाउनेछ,” लोहनीले भने – “मन्दिरहरुको सहर, गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको भूमिमा धर्मको व्यापार बन्द गराउने काम बन्द गराउन मुलुक हिन्दू राष्ट्र हुनुपर्छ ।”

पार्टी एकतापछि राप्रपाबाट असन्तुष्टि भएर नयाँ पार्टी स्थापना गर्नुभएका लोहनीले हिन्दू धर्मसँगै पार्टीले राजसंस्था स्थापनामा आवाज उठाउने बताए। “मुलुकमा जाति, धर्म, भूगोल, भाषा अविश्वास र बिखण्डनले ठूलो खतरा रहेकाले सबैलाई समन्वय गर्न विघटित राजसंस्थाको पुनर्वहाली हुनुपर्छ” उनले भने “लोकतन्त्रका लागि राजसंस्था समस्या होइन, यसलाई संविधानको परिधिमा राख्नुपर्छ ।”

कार्यक्रममा पार्टीका वरिष्ठ नेता केशरबहादुर विष्ट, सचिवालय प्रमुख भरतजङ्ग उप्रेती, सङ्गठन विभाग प्रमुख तारानाथ लुइँटेल, केन्द्रीय सदस्यहरु सुष्मा शर्मा, माधव भण्डारी, नानीमैयाँ आचार्य, श्यामकुमार केसी, झनक प्याकुरेललगायतले नयाँ शक्तिका रुपमा उदाएको पार्टीलाई भ्रष्टाचारमुक्त समाजको स्थापना र विकासप्रेमी पार्टीका रुपमा सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई आग्रह गरेका थिए। 

नयाँ पार्टीका रुपमा रहेको एकीकृत राप्रपा राष्ट्रवादीले स्थानीयतहको निर्वाचनमा चुनाव चिह्न हलो नपाए पनि स्वतन्त्र रुपमा प्रतिस्पर्धा गर्ने जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।