बाबुराम र उपेन्द्रको पार्टीको पनि एकीकरण प्रक्रिया सुरु

  • Get News Alerts

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकीकरण प्रक्रिया सुरु भएको छ।

भट्टराई र यादवले संयुक्त विज्ञप्ति जारी गर्दै दुई पार्टी एकीकरणका लागि ‘पार्टी एकता संयोजन समिति’ गठन गरिएको जनाएका छन्। समितिमा भट्टराई र यादवका साथै संघीय समाजवादी पार्टीका नेता अशोक राई पनि छन्। दुई पार्टीबीच सुरुमा कार्यगत एकता हुने र पछि दुई पार्टी नै एक हुने गरी प्रक्रिया अघि बढेको बताइएको छ।

उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपाल अशोक राईको पार्टीसँग एकीकरण भएर संघीय समाजवादी फोरम बनेको थियो।

२०७२ असोजमा संविधान जारी भएपछि भट्टराईले माओवादी पार्टी परित्याग गरेर नयाँ शक्ति पार्टी खोलेका थिए। अहिले यी दुवै पार्टी आन्दोलनमा छन्। संघीय समाजवादी फोरमले संविधानमा असन्तुष्टि जनाउँदै आन्दोलन घोषणा गरेको छ भने स्थानीय निर्वाचनमा चुनाव चिह्न नपाएको भन्दै बाबुरामको नयाँ शक्ति पनि अन्य दलसँग मिलेर आन्दोलन गरिरहेको छ। संविधानमा मधेसबारे बाबुरामले पनि असन्तुष्टि जनाउँदै आएका छन्। 

स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा सत्ता बाहिर रहेका दलहरुबीच धमाधम एकीकरण भइरहेको छ। बुधबार मात्र मधेसकेन्द्रित छ दल एकीकरण भएर राष्ट्रिय जनता पार्टी बनेको थियो।

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।