मधेसवादी पाँच दलबीच एकता, पार्टीको नाममा मधेस नरहने

  • Get News Alerts

आजै दिउँसो कार्यक्रम गरेर पार्टी एकीकरणको घोषणा

मधेसी मोर्चामा आवद्ध पाँच दलबीच एकता हुने भएको छ। सम्भवतः आजै (बिहिबार) पार्टी एकताको औपचारिक घोषणा हुनेछ। तराई मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिकबीच आज काठमाडौंबाट पार्टी एकताको घोषणा हुने भएको हो।

बुधबार राति ८ बजेदेखि आज बिहान ३ बजेसम्म ललितपुरको एक रेष्टुरेन्टमा भएको वार्तामा पार्टीको नाम र नेतृत्वबारे सहमति भएको हो।

‘मधेस’ शब्द हटाउँदै एकीकृत नयाँ पार्टीको नाम ‘राष्ट्रिय जनता पार्टी’ राखिने भएको छ । पार्टीको चुनाव चिह्न र झन्डा ‘छाता’ रहने सहमति भएको छ। झन्डामा तीन रंग प्रयोग गरिने भएको छ।

पार्टी सामूहिक अध्यक्ष मण्डल बनाएर नेतृत्व सञ्चालन हुनेछ। पार्टी सञ्चानका लागि अध्यक्षमण्डल बनाउने र सबै पार्टीका अध्यक्षहरू अध्यक्ष मण्डलको नेता रहने फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले सेतोपाटीलाई बताए।

‘सामूहिक अस्थित्वका आधारमा पार्टीलाई चलाइनेछ’, उनले भने, ‘पार्टीका सबै पदाधिकारीहरू पदाधिकारी नै रहनेछन्, पार्टीको नीति बनाउनका लागि विशेष राजनीतिक समिति बनाइनेछ।’

पार्टीले एक वर्ष भित्रमा अधिवेशन गरिसक्ने गरी सहमति भएको यादवले बताए।

तमलोपा अध्यक्ष महन्त ठाकुरलाई सर्वोच्च नेता दिन सबै सहमत भए पनि ठाकुरले आफूलाई त्यस्तो पद नचाहिएको र अध्यक्ष मण्डलमै रहेर काम गर्न तयार रहेको बताएका थिए।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशब झाका अनुसार आज १२ बजे सबै दलका अध्यक्ष बसेर पार्टी नामको अन्तिम टुंगो लगाउने छ। 

पार्टी एकीकरणमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झालाई समेत समेट्ने प्रयास भइरहेको तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले बताए। ‘अब अनिल झासँग एक चरण कुरा गरेर हामी एकताको अन्तिम टुंगो लगाउँछौ,’ शुक्लाले भने।

झा बुधबार उपत्यका बाहिर भएकाले उनीसँग अरु नेताको कुराकानी हुन सकेको थिएन बिहीबार उनीसँग कुरा गरेर एकता टुंगो लगाउने, त्यसपछि एकता हुने दलको संख्या ६ पुग्ने शुक्लाले बताए।

एकीकृत पार्टीलाई हालका अध्यक्षहरु महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव, शरतसिंह भण्डारी, राजकिशोर यादवले सामूहिक अध्यक्षमण्डलको नेताका रुपमा नेतृत्व गर्नेछन्। अनील झा पनि जोडिएमा उनी पनि अध्यक्ष मण्डलको नेता हुने बैठकको निर्णय छ।

उनले राष्ट्रिय जनता पार्टीको सिद्धान्त ‘लोकतान्त्रिक समाजवादमा आधारित समावेशी नेपाल’ हुने बताए।

मधेसका जनताको आकांक्षाका लागि सबै पार्टीले त्याग गरेको शुक्लले बताए। हामी एक हुनुको प्रमुख कारण मधेस र मधेसी जनता हुन्। जसले हामीलाई एक जुट बनाएर हरेक उतारचढावमा सँगै हिड्न बाध्य बनायो,’ उनले भने,‘ चाहे आन्दोलन होस् या चुनाव हामी एक भएर जानेछौ।’

मधेसवादी दलहरू एक जुट नभएसम्म राज्यले आफ्ना मागका बारेमा खासै चासो नराख्ने भन्दै उनले राज्यलाई घचघचाउन र कडा रूपमा दबाब दिन सबै पार्टी एक भएको बताए।

‘आन्दोलनमा गए पनि चुनावमा गए पनि एकता चाहिन्छ। जुन बाटो समाते पनि पार्टी एकता अत्यान्त आवश्यक थियो। त्यो अब पुरा भयो,’ उनले भने।

एकता हुने दलमध्ये सद्भावना पार्टी २०४७ सालमा स्थापित भएको थियो। अरू घटक भने २०६४ सालमा स्थापित भएका थिए । एकीकरण गर्ने निर्णयमा पुगेका पार्टीहरुको संसदमा २२ सिट छ।

मोर्चामा रहेका दुर्इ दल नेपाल सद्भावना पार्टी र संघीय समाजवादी फोरम भने यो एकता प्रक्रियामा सहभागी भएका छैनन् ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।