२१ वर्षीया रन्जु विवेकशीलबाट काठमाडौं मेयरकी उम्मेदवार

  • Get News Alerts

विवेकशील नेपाली दलले आगामी स्थानीय चुनावमा २१ वर्षकी रन्जु दर्शनालाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने भएको छ।

लामो आन्तरिक छलफल तथा परामर्शपछि विवेकशील नेपाली दलले रन्जु दर्शना लाई काठमाडौँ महानगरपालिकाको मेयरको उम्मेदवारको रुपमा चयन गरेको सो दलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। ‘मेयरको कार्यालयलाई जनताको लागि छिटो, छरितो तथा प्रभावकारी ढङ्गले सेवा प्रदान गर्ने लक्ष्यमा तल्लीन भई काठमाडौँलाई संसारकै सुन्दर सहर बनाउने सपना लाई आत्मसात् गर्न तथा त्यस अभियानको नेतृत्व गर्न उर्जाशील युवा पुस्ता नै सबैभन्दा उपयुक्त हुने भएकोले उनलाई चयन गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ।

विवेकशील नेपाली दलले आह्वान गरेको खुला उम्मेदवार नीतिअन्तर्गत काठमाडौँको मेयर पदको लागि दर्शनाले उम्मेदवार बन्न चाहेको बताएकी थिइन्। निर्णायक मण्डलको सुझावमा दलले सुन्दर काठमाडौँको सपनालाई अगाडि बढाउन उनी नै सबभन्दा उपयुक्त उम्मेदवार भएको ठहर गरी घोषणा गर्ने निर्णय गरेको विवेकशील दलले जनाएको छ।

हेर्नुहोस्:

को हुन् रञ्जु दर्शना?

'कुनै समय संसारकै सुन्दर रहेको काठमाडौँलाई फेरि त्यतिकै सुन्दर बनाउने परिकल्पनामा म विश्वास गर्दछु र यो हाम्रै जीवनकालमा सम्भव छ,' दर्शनाले भनिन्। यस लक्ष्यलाई हासिल गर्न पाँच आधार तय गरेको विज्ञप्तिमा छ- काठमाडौँलाई झन्झटमुक्त, सुविधायुक्त बनाउने, धुवाँधुलोमुक्त हराभरा बनाउने, गरिखान पाउने उद्यमशील बनाउने, हिँडुहिँडु लाग्ने झिलिमिली बनाउने र विविधता झल्कने सम्पदा सहर बनाउने।

'यसलाई हासिल गर्न हामीले काठमाडौँलाई पैदलयात्रुमैत्री, साइकल-अपाङ्गमैत्री, पर्याप्त सार्वजनिक पार्क भएको तथा साझा, सफा, सहज सार्वजनिक सवारी साधनलाई प्राथमिकता दिनेछौं,' मेयर उम्मेदवार दर्शनाले भनेकी छन्, 'त्यस दिशामा म र मलाई सहयोग गर्ने विज्ञ टोली निरन्तर खटिरहने छौं।'

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।