पूर्वराज्यमन्त्रीसहित विप्लव माओवादीका १७ कार्यकर्ता पक्राउ

  • Get News Alerts

चुनाव विरोधी अभियानमा लागेको आरोप

ललितपुरको चापागाउँ क्षेत्रमा चुनाव विरोधी गतिविधि गरेको आरोपमा विप्लव नेतृत्वको नेकपा कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा पुर्व राज्यमन्त्री नविन विकसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको छ।चापागाउँमा म‌ंगलबार चुनाव विराधी गतिविधि गरिरहेको अवस्थामा उनीसहित १७ जनालाई पक्राउ गरिएको प्रहरी वृत्त चापागाउँका डिएसपी श्याम राइले बताए। उनीहरुले पम्प्लेट, पर्चासहित भित्ते लेखन गरिरहेको उनले बताए।

कालिकोटका विक २०६४ सालमा देव गुरुङ स्थानीइ विकास मन्त्री हुदाँ राज्यमन्त्री थिए। प्रहरीले उनीहरुको साथबाट चुनाव भड्काउने खालको पर्चा र चन्दा माग गरिएको पत्रसमेत बरामद गरेको छ। विप्लव नेतृत्वकै माओवादी कार्यकर्ताले म‌ंगलबार नै ललितपुरको नल्लुमा चुनावबारे प्रचार प्रसार गरिरहेका सामाजिक कार्यकर्तामाथि दुर्व्यवहार गरेका छन्।

सामाजिक परिचालक अनिता घलान नेतृत्वको टोली विहान नल्लुमा स्थानीयले चुनाव र भोट होल्ने प्रक्रियाका बारेमा जनचेतना जगाइरहेका बेला एक समूहका आएका युवाहरुले हुलले पम्प्लेट जलाइदिएका दिए। 

प्रहरीले भने पक्राउ परेकाहरुले नै नल्लुमा सामाजिक परिचालकमाथि दुर्व्यवहार गरेको हुन सक्ने आशंका गरेको छ।

चापागाउँ क्षेत्रमा अहिले चुनाव भाड्नका लागि विप्लव माओवादीका कार्यकर्ता सक्रिय भएर लागेका छन्। महांकाल गाउपालिका, बागमति गाउँपालिका र कोन्जुसोम गाउँपालिकामा पनि उनीहरुले सक्रियता बढेको छ।
महांकाल गाउँपालिकामा २ स्थानमा र बागमति गाउँपालिकामा ३ स्थानमा प्रहरी युनिट छ। कोन्जुसोम गाउँपालिकामा भने एउटा पनि प्रहरी युनिट छैन् ।  चापागाउँ प्रहरीका डिएसपी राई सो क्षेत्रमा चुनाव भाड्न विप्लव माओवादीका कार्यकर्ता सल्बलाएको स्वीकार गर्छन।

प्रहरी पहुँच र जनशक्ति कमि भएको मौका छोपेर माओवादी कार्यकर्ता चुनाव विरोधी अभियानमा लागेको उनले बताए। विप्लव माओवादीले चलाएको अभियानका बारेमा मातहतका निकायमा जानकारी गराइसकेको र माथिल्लो निकायबाट समाधानका लागि केही निर्देशन आउनेमा आफू आशावादी रहेको उनले बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।