राप्रपा र प्रहरीबीच झडप, दर्जनौ घाइते

  • Get News Alerts

उपप्रधानमन्त्री, मन्त्रीसहितका राप्रपा कार्यकर्ता सडकमै धर्ना बसे

उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापा र मन्त्रीसहित निर्वाचन आयोगको कार्यालय घेराउ गर्न गएका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता-कार्यकर्ता र प्रहरीबीच झडप भएको छ।  निर्वाचन आयोगले आफ्नो विधानबाट राजसंस्था र हिन्दु राष्ट्र शब्द हटाएको भन्दै त्यसको विरोध जनाउँदै आएको राप्रपाले सोमबार बहादुर भवनस्थित आयोगको कार्यालयमा धर्ना कार्यक्रम राखेको थियो।

रत्नपार्कबाट बहादुरभवन पुगेका कार्यकर्ताले सुरक्षाकर्मीको घेरा तोड्न खोजेपछि प्रहरीसँग झडप भएको हो। झडपमा परी पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, सयन्द्रा वान्तवा, रोशन कार्की, राजाराम बर्तौलालगायत दर्जनौं कार्यकर्ता घाइते भएको राप्रपाका सह-प्रवक्ता मोहन श्रेष्ठले सेतोपाटीलाई बताए।

ऋषि देवकोटा, सरस्वती केसी, कोमल ओली, निरञ्जन थापा, सावित्री थापा, मीना जोशी, सिर्जना रानी बर्मालगायतका दर्जनौ कार्यकर्ता घाइते भएको उनले बताएका छन्।

स्थिति नियन्त्रणका लागि प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो। 

झडप पछि राप्रपाका कार्यकर्ताले सडकमै बसी प्रहरीको ज्यादती विरुद्ध नाराबाजी गरेका थिए ।

झडपको केही समयपछि मात्रै वर्तमान सरकारका उपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री समेत रहेका पार्टी अध्यक्ष कमल थापा सो स्थान पुगेका थिए। झडपका बाबजुत अध्यक्ष थापा नेतृत्वको टोलीले निर्वाचन आयोगले पार्टीको विधानबाट हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाएको सम्बन्धमा विरोध गर्दे निर्णय माथि पुर्नविचार गर्न आग्रह गर्दे आयोगलाई ज्ञापन पत्र बुझाएको छ।

राप्रपाले सोमबार मुलुकभरका जिल्ला निर्वाचन कार्यालयमा एक घण्टा धर्ना दिई ज्ञापनपत्र बुझाएको छ । त्यसपछि राप्रपा अध्यक्ष थापासहित शीर्ष नेताहरू होटल एल्लो प्यागोडा अगाडि सडकमै धर्नामा बसेका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।