सतर्कता केन्द्रले देशभरिका कर्मचारी विवरण सङ्कलन गर्दै

  • Get News Alerts

राष्ट्रिय सतर्कता केन्द्रले देशभरिका कर्मचारीको विवरण सङ्कलन गर्न थालेकोे छ।

केन्द्रमा सम्पत्ति बुझाएका कर्मचारीको सङ्ख्या यकिन नभएपछि विवरण सङ्कलन गर्न थालेको केन्द्रका उपसचिव परशुराम पोखरेलले जानकारी गराए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि केन्द्रले सबै मन्त्रालय, संस्थान, निकाय र सुरक्षाकर्मीको विवरण सङ्कलन गर्न थालेको हो ।

“हामीलाई बुझाएको सम्पत्ति विवरणमा सम्बन्धित कार्यालयले सबै कर्मचारीको विवरण बुझाएका छैनन्” उनले भनेयो – “के कति कर्मचारी देशभरि रहेका छन् भन्ने अख्तियारले माग गरेपछि कर्मचारीको विवरण सङ्कलन गर्न थालेका हौँ ।” उनका अनुसार सबै कर्मचारीको विवरण सङ्कलन भएपछि कतिले सम्पत्ति विवरण नबुझाएको कुरा वास्तविक रुपमा थाहा हुनेछ ।

केन्द्रमा सम्पत्ति बुझाएका कर्मचारीको सम्बन्धित कार्यालयले दरबन्दी सङ्ख्या र कार्यरत सङ्ख्या नपठाएपछि अख्तियारले कर्मचारीको वास्तविक सङ्ख्या यकिन गर्न निर्देशन दिएको हो ।

केन्द्रले पाँच समूह बनाएर मन्त्रालय, संस्थान, निकाय र सुरक्षाकर्मीको विवरण अहिले सङ्कलन गरिरहेको उपसचिव पोखरेलले जानकारी गराए। 

आर्थिक वर्ष २०७२/७३ मा निजामती, शिक्षक, सैनिक, प्रहरी र अन्य गरी १९ हजार २१३ कर्मचारीले विवरण बुझाएका थिएनन् । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।