निर्वाचनको वातावरण बनाउन दलहरु लचकता देखाउनुपर्छ

  • Get News Alerts

सरकार र निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन तयारी गरिरहेका बेला महोत्तरीका बुद्धिजीवीले चुनाव अझै अन्योलमा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।

निर्वाचनमा लाग्नुपर्ने दलहरु आन्दोलनको तयारी गरिरहेका र स्थानीय तह नियमित सञ्चालनमा अझै नआएकाले जिल्लामा चुनावी रौनक छाउन नसकेको यहाँका बद्धिजीवीले बताएका हुन्।

स्थानीय तहको निर्वाचनबाट जनप्रतिनिधि छान्न सरकार र निर्वाचन आयोगको तत्परता उचित र आवश्यक भए पनि दलहरुबीचको रस्साकसीले महोत्तरीसहित २ नं प्रदेशका जिल्लामा चुनावी वातावरण बन्न नसकेको बुद्धिजीवीको भनाइ छ ।

विशेषगरी सीमाङ्कनसहितको संविधान संशोधन र संशोधन अहिले आवश्यक नरहेको राजनीतिक क्षेत्रमा देखिएको अडानका कारण निर्वाचन अन्योलमा परेको नेपाल सरकारको उपसचिव पदबाट अवकाश प्राप्त जलेश्वर–१४ का ७५ वर्षीय महेश्वर रायले बताए। “जनताले निर्वाचन चाहेका छन्” रायले भने – “तर राजनीतिक दलहरुका आ–आफ्ना अडानले निर्वाचनको अनुकूल वातावरण बन्न सकेको छैन।”

पछिल्लो संविधानमा मधेसका हकअधिकार सम्बोधन नभएको बताउँदै लामो समयदेखि आन्दोलित हुँदै आएका मोर्चासम्बद्ध दललाई मूलधारमा ल्याएमात्र निर्वाचनको वातावरण बन्नसक्ने ठम्याइ यहाँका बुद्धिजीवीको छ ।

मधेसलाई आफ्नो राजनीतिको मूल आधार भूमि बताउँदै आएका मोर्चासम्बद्ध दललाई पाखा राखेर निर्वाचन हुन नसक्ने जिल्लाकै सुगाभवानीपट्टिका बासिन्दा पूर्वप्रशासक कृष्णचन्द्र झाले बताए। “निर्वाचन चाहने सबै दल र सरकारले निर्वाचनको वातावरण त बनाउनुपर्‍यो नि” झाले भने – “मधेसका केही असन्तोष छन्, ती असन्तोष संशोधनबाट सम्बोधन हुनसक्छ भने त्यसमा प्रमुख दलले लचकता देखाउनैपर्छ ।”

जिल्लाका पूर्वप्रशासक, प्राध्यापक, शिक्षक र राजनीतिक विश्लेषकहरुले निर्वाचनका लागि आ–आफ्नातर्फबाट लचकता देखाउन सम्बद्ध सबै दल र सरकारसँग आग्रह गरेका छन् ।

“आँगनमा मियो प्रयोजनका लागि गाडिएको खाँबो झैँ टसमस नहुने राजनीति हुन सक्दैन”, मटिहानीस्थित याज्ञबल्व लक्ष्मीनारायण विद्यापीठ ९संस्कृत क्याम्पस०का उपप्राध्यापक हेमनारायणलाल कर्णले भने – “यदि जनताप्रति इमान्दार हुने हो भन्ने सबै पक्षले लचकताका साथ समस्या समाधानतर्फ लाग्नुपर्दछ ।”

भर्खरै स्थानीय तहको पुनःसंरचना गरिँदा बर्दिबास, जलेश्वर र गौशालासहित तीन नगरपालिका र १२ गाउँपालिका महोत्तरीमा बनाइएका छन् । सरकारले सबै स्थानीय तह सञ्चालनमा ल्याउने निर्देशनसहित कर्मचारीको खटाए पनि मोर्चा आबद्ध दलको अवरोधले सात गाउँपालिका सञ्चालनमै आउन नसकेको अवस्था छ ।

तीन नगरपालिका र पाँच गाउँपालिका सञ्चालनमा आए पनि त्यहाँ मार्चाको अवरोध सुरु भएको सम्बन्धित कर्मचारीले बताएका छन् । “मोर्चा कार्यकर्ताले कार्यालय सञ्चालन नगर्न दबाब दिएका छन्”, गत बिहीबारमात्र सञ्चालनमा आएका पाँच गाउँपालिकामध्ये एउटा गाउँपालिकाका कार्यकारी अधिकृतले भने – “दिनहुँ दबाब र धम्की आइरहेछ, कसरी काम अघि बढाउन सकिएला र ?”

सरकार र आयोगको निर्वाचन गराउने घोषणा र दलबीच संविधान संशोधनबारेमा देखिएको फरक फरक अडान एवम् धारणाबीच जिल्ला निर्वाचन कार्यालय महोत्तरीले निर्वाचन तयारी अघि बढाएको छ । निर्वाचन तयारीका क्रममा कर्मचारी खटाउनका लागि जिल्लास्थित सबै कार्यालयसँग विवरण माग गरिएको, मतदान केन्द्रको सुरक्षास्थितिबारे स्थलगत अवलोकन गरिरहेको र थप मतदान केन्द्रबारे छलफल भइरहेको जिल्ला निर्वाचन अधिकारी पिङ्की रायले जानकारी दिए। 

जिल्लामा २०७० सालको संविधानसभा निर्वाचनमा २३३ मतदान केन्द्र थिए । हाल अब केही मतदान केन्द्र थप गर्नुपर्ने आवश्यकताबारे छलफल भइरहेको रायले बताए। 

जिल्लामा यसपालि हुने स्थानीय तहको निर्वाचनमा तीन लाख १३ हजार ३५७ मतदाता भाग लिइने छन् । यो सङ्ख्या गत संविधानसभा निर्वाचनभन्दा ४५ हजार ९९० ले बढी भएको जिल्ला निर्वाचन अधिकारी रायले बताए। गत संविधानसभा निर्वाचनमा जिल्लामा दुई लाख ६७ हजार ३६७ मतदाता थिए । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।