माओवादीका सांसद मोदीले भने- आरोप लगाउने होइन सहमति जाउँ

  • Get News Alerts

सत्तारूढ माओवादी केन्द्रका सासंद अमनलाल मोदीले संविधान कार्यान्वयनका लागि चुनाव गर्नुपर्ने बेलामा एउटाले पहाडे राष्ट्रवाद र अर्कोले मधेसी राष्ट्रवादको कुरा गरेर अतिवादी अन्धराष्ट्रवादको कुरा गरेको आरोप लगाएका छन्।

संसदको विषेश समयमा बोल्दै मोदीले यी दुबै अतिराष्ट्रवादको कुराले होइन आपसी सहमति र सम्झौता गरी राजनीतिक निकास दिनुपर्ने धारणा राखे। ‘यदि कसैले लम्पसारवादको आरोप लगाउने हो भने इतिहासमा कुनै थारु वा मधेसीले देशको अहितमा कुनै सन्धी र सम्झौता गरेका छैनन्। त्यो सन्धी सम्झौता गरे आरोप लगाउने पक्ष नै हो,’ उनले भने, ‘त्यसैले कसैलाई आरोप लगाउने होइन सहमतिको राजनीतिमा जाऊ।’

मोदीले सप्तरी, बाँके र कैलाली घटनाको छानबिन गरी दोषी उपर कारबाहीको मागसमेत गरेका छन्।

यस्तै सून्य समयमा बोल्दै एमालेकी अनारकली मियाले केही सांसदहरुले निर्वाचनलाई प्रभावित गर्ने गरी अत्याधिक रकमान्तरण गर्ने काम गरेका भन्दै त्यसको तत्काल रोक लगाउन माग गरिन्।

कांग्रेसकी अनिता देवकोटाले दाङमा भएको सिमेन्ट उद्योगका कारण बातावरण प्रदुषण र सडक भत्किएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

अष्ठलक्ष्मी शाक्यले वैशाख ३१ गते निर्वाचन घोषणा गरी निर्वाचन आयोग मतपत्र छपाइमा लागे पनि मुलुकमा सरकार भएको अनुभूति नभएको भन्दै यसरी निर्वाचनको वातावरण बनाउन र निर्वाचन सम्पन्न कसरी हुन्छ? यसका लागि सरकार गम्भिर भएर निर्वाचनको सुनिश्चितता गर्न माग गरिन्।

माओवादीका उमेश यादवले सप्तरीका सांसदहरुले छलफल गरी ल्याएको स्थानीय तहको संरचना सहमतिका आधारमा नगरी कांग्रेसका सदस्यको दबाबमा गृहमन्त्रीको निर्देशनमा सप्तरीका केही वडा कुनै नगर वा गाविसमा नराखी हवाइपालिका बनाएको हो भनि व्यंग्य गरे।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।