धनगढीमा निर्वाचनप्रति मतदाताको आकर्षण

  • Get News Alerts

 नयाँ संरचनाअनुसार आगामी वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई यहाँका मतदातादाले निकै उत्सुकतापूर्वक लिन थालेका छन्।

झन्डै दुई दशकसम्म स्थानीय निकायको निर्वाचन हुन नसकी कर्मचारीको भरमा यी निकायको काम हुँदा यो अवधिमा जनताका गुनासा एवम् समस्याको उचितरुपमा सम्बोधन नभएको र दशकौँ पछि गरिएको नयाँ संरचना अनुसारको गाउँपालिका, नगरपालिका र उपमहानगरपालिकाको निर्वाचन हुन लागेकाले पनि मतदाताले यो चुनावलाई निकै उत्सुकतापूर्वक हेरेका हुन्।

अब निर्वाचित हुने गाउँपालिका, नगरपालिका र उपहानगरपालिकाका जनप्रतिनिधिको अधिकार साविकको गाविस, नपा, उपमहानगरपालिकामा चुनिएर आउने प्रतिनिधिभन्दा बढी हुने भएकाले पनि मतदाताले बढी चासो राख्न थालेको स्थानीय धर्म ओझाले बताए। 

निर्वाचनको तयारी भइरहँदा यहाँ राजनीतिक कार्यकर्ताबीच चुनावमा कुन दलको उम्मेदवार विजयी हुनसक्छ भन्नेबारे चुनावी जोड घटाउ पनि हुन थालेको छ।

चुनावी जोड घटाउको चर्चा परिचर्चासँगै बजार क्षेत्रका चोक र चिया पसलमा दलका नेता कार्यकर्ता आआफ्नो दलका उम्मेदवार विजयी हुने दाबी गरिरहेका भेटिन्छन्।

नयाँ संरचनाअनुसार कैलाली जिल्लाका सबै छ गाउँपालिका, छ नगरपालिका र एक उपमहानगरपालिका (धनगढी)को निर्वाचन हुन लागेको भए पनि खासगरी धनगढी उपमहानगरपालिकाको नेतृत्वमा कुन दलको को व्यक्ति चुनिएर आउने भन्ने विषयले चुनावी चर्चामा बढी प्राथमिकता पाउन थालेको छ।

सुदूरपश्चिमको प्रमुख व्यापारिक केन्द्रका रुपमा धनगढी सहर रहेकाले पनि यस उपमहानगरको नेतृत्व हत्याउन आउने स्थानीय तहको निर्वाचनमा प्रमुख दलको प्रतिष्ठाको विषय बन्न सक्ने देखिएको छ।

फलस्वरुप यति बेला नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपालगायतका पार्टीमा उपहानगरको प्रमुख कसलाई बनाउँदा उपयुक्त हुन्छ भन्ने विषयमा भित्रभित्रै तयारी भइरहेको छ ।

काँग्रेसका तर्फबाट आगामी चुनावमा धनगढी उपमहानगरको प्रमुखमा नृप ओड, कृष्णबहादुर महरा, उत्तमबहादुर कठायत, रीता भण्डारी, सुशीला मिश्र भट्ट, नारायण भट्टमध्ये एक जनाले टिकट पाउन सक्ने चर्चा सुनिन्छ। यस्तै नेकपा एमालेको तर्फबाट उपमहानगरको प्रमुखमा रणबहादुर चन्द, रामचन्द्र जोशी, जयराज जोशी, दुर्गा जोशी, नन्दलाल जोशीलगायतको नाम चर्चामा रहेको छ।

नेकपा माओवादी केन्द्रको तर्फबाट भने युवा नेता रमेश धामीको नाम बजारमा बढी चर्चामा छ । राप्रपाको तर्फबाट रोम स्वाँर, जनक कुँवर, गजेन्द्रबहादुर सिंहलगायतको नाम चर्चामा छ ।

विसं २०४६ को परिवर्तनपछि दुई पटक भएको साविक धनगढी नगरपालिकाको निर्वाचनको प्रमुखमा पहिलो पटक काँग्रेस र दोस्रो पटक एमालेका उम्मेदवार विजयी भएका थिए ।

मतदाता अब हुने निर्वाचनमा जनताको सुख दुःखमा साथ दिने शिक्षित र लोकप्रिय व्यक्तिले मात्रै निर्वाचन जित्न सक्ने अड्कलबाजी गरिरहेका छन् ।

अबका निर्वाचनमा जनताका समस्या समाधान गर्न सक्ने व्यक्तिलाई चुनाव जिताउनु पर्छ भन्ने मनसाय आफ्नो रहेको स्थानीय चेतराज जोशीले बताए। 

निर्वाचनतर्फ यस क्षेत्रका मतदाताको उत्सुकता बढिरहेका बेला मधेसी दलले राख्दै आएको असन्तुष्टिले स्थानीय तहको चुनाव सम्पन्न गर्न केही चुनौती देखिन सक्ने कतिपयको भनाइ छ ।

अधिकांश दलले चुनावमा भाग लिइरहँदा मधेसी दलको विरोधले केही चुनौती देखिन सक्ने भए पनि मधेसी मतदाता स्वयम् चुनावको विपक्षमा जान नसक्ने स्थानीय रमणचन्द्र श्रेष्ठ बताउँछन् ।

नयाँ संरचना अनुसार कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका, टीकापुर नपा, लम्कीचुहा नपा, गौरीगङ्गा नपा, घोडाघोडी नपा, भजनी नपा, गोदावरी नपा र चुरे गाउँपालिका, जोशीपुर गापा, कैलारी गापा, जानकी गापा, बर्दगोरिया गापा, मोहन्याल गापामा स्थानीय तहको निर्वाचन हुन लागेको हो ।

निर्वाचनको तयारीः

निर्वाचनको तयारीको सिलसिलामा निर्वाचन कार्यालयले कैलाली जिल्लामा मतदानस्थलको पुर्नरावलोकनको काम सकेको छ । संरचना परिवर्तन भएको कारण साविकका निर्वाचनका बेला कायम भएका निर्वाचनस्थलभन्दा अब हुने निर्वाचनमा केही बढी निर्वाचन स्थल तोक्नु पर्ने देखिएको छ ।

साविकमा जिल्लामा २१७ मतदानस्थल रहेकोमा आगामी स्थानीय तहको निर्वाचनमा २३२ वटा मतदानस्थल हुनसक्ने देखिए पनि टुङ्गो लगाउन बाँकी रहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख मोहनप्रसाद अर्यालले बताए। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।