सदभावनाको राष्ट्रिय महाधिवेशन ६ महिना सर्‍यो

  • Get News Alerts

सदभावना पार्टीको जेठ २ गतेका लागि तय गरिएको राष्ट्रिय महाधिवेशन ६ महिना पर सर्ने भएको छ।

 पार्टीको केन्द्रीय कार्यालय नयाँवानेश्वरमा आइतबार बसेको कार्यसम्पादन समितिको विस्तारित बैठकले वर्तमान राजनीतिक अवस्थामा तत्काल महाधिवेशन सम्पन्न गरीसक्न विविध कठिनाइका कारण संविधानको व्यवस्था अनुसार असोजभित्र गरिसक्ने निर्णय भएको हो।

पार्टी नेता लक्ष्मणलाल कर्णका अनुसार पार्टीको गाउँ र नगरस्तरिय अधिवेशन प्रदेशगत रुपमा चैत २३ देखि ३० गतेसम्म, निर्वाचन क्षेत्रको वैशाख ५ देखि १२ र जिल्लाको अधिवेशन सम्बन्धित जिल्लाको सुविधा अनुसार असार साउनसम्मा गरिसक्ने निर्णय भएको छ।

पार्टी विधान तथा नेपालको संविधान बमोजिम पाँच वर्षभित्र प्रत्येक पार्टीको राष्ट्रिय अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्न नसकेको अवस्थामा एकपटकका लागि ६ महिना थप समयभित्र गरिसक्नु पर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार वैशाख २२ गते अधिवेशन भएको पाँच वर्ष पुरा भएपनि संविधान अनुसार सदभावना पार्टीको अधिवेशन असोज २२ भित्र  गर्न सक्नु पर्ने छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।