झापामा राप्रपाको पुल्ठे जुलुस, प्रमुख आयुक्तको पु्त्ला दहन

  • Get News Alerts

निर्वाचन आयोगले आफ्नो पार्टीको घोषित नीति संवैधानिक राजतन्त्र र हिन्दू राज्यप्रतिको विषयलाई हटाएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले आन्दोलन शुरू गरेको छ।

निर्वाचन आयोगको निर्णय विरुद्ध आईतवार साँझ राप्रपाले झापाका अधिकांश ठाउँमा पुल्ठे जुलुस निकालेर प्रदर्शन गरेको छ । निर्वाचन आयोग मुर्दावाद, राष्ट्रिय प्रजातन्त्र पार्टी जिन्दावाद, हिन्दू एकता जिन्दावाद, संवैधानिक राजतन्त्र जिन्दावादलगायतका नारा लगाउँदै पुल्ठे जुलुस निकालिएको हो।

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्गदेनका अनुसार जिल्लाका मेचीनगर, भद्रपुर, झिलझिले, गौरादह, कन्काई, पथरिया , घेरावारीलगायतका स्थानमा पुल्ठे जुलुस निकालिएको हो।

विर्तामोडमा राप्रपाका कार्यकर्ताले निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधिप्रसाद यादवको पुत्ला दहन गरेका छन्। सो कार्यक्रममा राप्रपाका महामन्त्री लिङ्गदेनले सम्बोधन गरे। कोण सभामा बोल्दै महामन्त्री लिङ्गदेनले निर्वाचन आयोगलाई राप्रपाको विधानबाट राजासहितको हिन्दु राष्ट्र हटाउन पाउने अधिकार नभएको बताए। उनले भन,‘निर्वाचन आयोगले निर्वाचन गराउने माहोल विथोल्न बखेडा झिकेको छ आफ्नो अधिकार भन्दा बाहिर गएर कुनै पनि राजनितिक पार्टीको विधानमा भएको मुख्य मुद्दा चलाउन निर्वाचन आयोग लाई अख्तियारी छैन।’

यता शिवसताक्षी नगरको थेचम्वु चोकबाट शुरु भएको जुलुससहितको पुल्ठो  २ सय मिटर पार गर्न नपाउदै प्रहरीले खोसेर निभाएको छ। ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरीले पुल्ठो खोसेर निभाउन थालेपछि पार्टीका कार्यकर्ताले सरकार विरुद्ध पनि चर्का नारावाजी गरेका थिए।

सरकार विरुद्ध नारामा आक्रोश पोख्दै झिलझिले बजारमा आएर जुलुस कोणसभामा परिणत भएको थियो । सो कोण सभालाई राप्रपाका जिल्ला सदस्य उमानाथ दाहाल, जिल्ला परिषद सदस्य घनस्याम मैनाली शिवसताक्षी नगर अध्यक्ष रामवहादुर श्रेष्ठले सम्बोधन गरेका थिए।

पार्टीको मुख्य प्रस्तावमा नै उल्लेख भएको संवैधानिक राजतन्त्र र हिन्दू राज्यको धारणा निर्वाचन आयोगले विना कारण हटाइदिएको भन्दै तत्काल आयोगले निर्णय नसच्याए सडक चर्काउने धम्कि उनीहरूले दिए। उनीहरुले भने राप्रपा सरकारमा गयो भनेर निर्वाचन आयोगले जे गर्दा पनि हुन्छ भन्ने सरकारले ठानेको भए त्यो आफ्ना पार्टीका लागि दुर्भाग्य हुन्छ।

‘राप्रपा सरकारमा सहभागी हुनु भनेको निर्वाचनको माहोल बनाउन मात्र हो,’ नगर सभापति श्रेष्ठले भने, ‘गलत निर्णय नसच्चिए सरकार छाडेर राप्रपा सडकमा आउँछ।’

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।