डीआईजी प्रकाश अर्यालको रिट सर्वोच्चले दर्ता गर्न मानेन

  • Get News Alerts

सर्वोच्च अदालतले डीआईजी जयबहादुर चन्द र नवराज सिलवालको कार्य मुल्यांकनको फाईल मगाएको तर आफ्नो नमगाएको भन्दै रिट दायर गर्न सर्वोच्च पुगेका दुई नम्बरमा रहेका डीआईजी प्रकाश अर्यालको रिट दर्ता गर्न सर्वोच्चले आज समय दिएन।

डीआईजी अर्यालले आइतबार रिट दायरको तयारी गरेर अदालत पुगेका थिए। तर आज समय अभाव भन्दै सोमबारका लागि सर्वोच्चले समय दिएको अधिवक्ता सुवास लामिछानेले जानकारी दिए।

आईजीपी नियुक्ति विवादमा सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै सर्वोच्चले डीआईजी बढुवा गर्दाको फाईल सबैको मगाउनुपर्ने बेला चन्द र सिलवालको मात्र मगाएको भन्दै बरियता क्रममा दुई नम्बरमा रहेका डीआईजी प्रकाश अर्यालको तर्फबाट अधिबक्ता सुवास लामिछानेले रिट लिएर गएका थिए।

अधिवक्ता आशिष ज्ञवालीले आइतबार बेलुकासम्म रिट दायरको तयारी गरे पनि अदालतले नमानको बताए। उनले सोमबार कार्यालय खुल्नासाथ रिट निवेदन दर्ता गर्ने बताए।

'हामी दिनभर बस्यौँ, तर अदालतले दर्ता गराएन,' लामिछानेले भने, 'दर्ता नगर्ने भए दरपिठ गर्न भन्यौँ, त्यो पनि गरिएन। त्यसपछि हामीले रिट बुझाएको भर्पाइ माग्यौँ, त्यो पनि दिइएन। साँझ ५ बजेसम्म हामी अदालत परिसरमै बस्यौँ, तर हाम्रो रिटबारे कुनै निर्णय भएन। यसलाई हामी भोलि पनि निरन्तरता दिन्छौँ।' 

इन्सपेक्टरमा अब्बल नम्बरसहित आफू नियुक्त भएको र त्यसै अनुसार माथिल्लो पदमा पनि नियुक्त हुँदै गएकाले प्रहरी प्रमुख नियुक्तिमा आफ्नो पनि कार्यसम्पादन मूल्यांकन हुनुपर्ने अर्यालले माग गरेका छन्।

यसैबीच फागुन १ गतेको मन्त्रिपरिषद् बैठकले डिआइजी जयबहादुर चन्दलाई आइजीमा सिफारिस गरेको भन्दै अधिवक्ता कपिलदेव ढकाल चन्दको नियुक्तिविरूद्ध रिट हालेका थिए। प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले ढकालको रिटमाथि सुनुवाइ गर्दै निर्णय कार्यान्वयन रोकेको थियो।

सरकारको सिफारिस यथास्थितिमा राख्न आदेश भएकै दिन आइजीका अर्का प्रतिस्पर्धी डिआइजी नवराज सिलवालले पनि सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।