आइजी मुद्दामा आज फैसला आएन, भोलि फेरि सुनुवाई हुने

  • Get News Alerts

आजको बहसमा के के भयो ?

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) विवादसम्बन्धी सुनुवाई भोलिका लागि सरेको छ। आज विपक्षी वकिलहरूले बहस गरेका थिए। भोलि सरकार तर्फका २ जना वकिलले बहस गर्नेछन्। भोलिको बहस सकिएपछि भोलिनै फैसला आउन सक्छ। 

यो मुद्दा आज प्रधानन्यायाधीशसहित हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार भट्टराईको पूर्ण इजलासले हेरेको थियो। भोलि पनि यही इजलासले हेर्ने  छ।

विहान बहस सुरु हुनु अघि महान्यायाधीवक्ता रमण श्रेष्ठले इजलासमा तोकीएका प्रधान्यायाधीश कार्की र न्यायाधीश हरिकृष्ण कार्कीले यो रिटमाथि सुनुवाई गर्न नमिल्ने तर्क इजलास समक्ष राखेका थिए। 

'प्रधानन्यायाधीश र न्यायाधीश कार्कीले यो रिटमा पहिलै आदेश दिइसक्नु भएको छ। हरिकृष्ण श्रीमानले त यो रिटको मेरिटमै पसेर प्रधान्नयायाधीशले गरेको अन्तरकालिन आदेशलाई निरन्तरता दिनुभएको थियो। बाहिर पनि यो मुद्दाबारे विभिन्न कुरा आइरहेका छन् श्रीमान, यो मुद्दा तपाईँहरुले हेर्न मिल्दैन,' महान्यायाधीवक्ता श्रेष्ठको तर्क थियो।

प्रधानन्यायाधीश कार्कीले भने रिट निवेदनको हकमा पहिलै आदेश दिएका न्यायाधीशले पछि पनि सुनुवाइ गर्न नमिल्ने कुरा कानुनमा नलेखिएको भन्दै आफुहरुले यो रिटको सुनुवाई गर्न मिल्ने बताएकी थिइन्।

'तपाईँलाई एउटाकुरा बताइदिन्छु, हाम्रा अग्रजहरुले यो नियम बसालेर गएका हुन्। रिटको हकमा पहिले आदेश दिएका न्यायाधीशले पछि पनि सुनुवाई गर्न मिल्ने नियम प्रधानन्यायाधीश रामकुमार प्रसाद साहका पाला देखि नै बसेको हो। तपाईँको मर्म तपाईँलाई होला हाम्रो पनि मर्म छ, रिटमा आदेश गरेका न्यायाधीशले अर्को पटक त्यो हेर्न नपाउने हो भने हाम्रा हजारौँ मुद्दा थाति हुन्छन्। हामीलाई धान्न गाह्रो हुन्छ। हामीलाई यो रिटमा सुनुवाई गर्न कानुनले छेकेको छैन ल सुरु गरौँ।' प्रधान्नयायाधीश कार्कीले भनेकी थिइन्।

त्यसपछि भने महान्यायाधीवक्ता श्रेष्ठ पछि हटेका थिए।

' कानुनमा त छैन। हुन त यो कुरा हामीले भन्ने भन्दा पनि श्रीमानहरुको निर्णय हो। मैले ध्यानाकर्षण गरेको मात्र हो,' यति भनेर उनी बसेका थिए। 

त्यसपछि  बहस रिट निवेदक पक्षका वकिलहरुले सुरु गरेका थिए। यो फैसला हुनु अघिको अन्तिम बहस हो। 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसीको इजलासले यो रिटमाथिको सुनुवाई चैत ६ गतेलाई सारेको थियो। ६ गते भने पूर्ण इजलासमा राख्ने आदेश गरेको उक्त इजलासले बढुवा गर्दाको मूल्याङन फाइल पनि पठाउन सरकारलाई आदेश गरेका थिए।

आदेश खारेज भए सरकारलाई चन्दको सिफारिस कार्यान्वयन गर्ने कानुनी बाटो खुल्नेछ भने आदेश निरन्तरता दिए चन्द आइजीपी हुन पाउने छैनन्।  सरकारले फागुन १ गते डिआईजी जयबहादुर चन्दलाई आइजीपी बढुवाका लागि सिफारिस गरेको थियो। आइजीपी सिफारिस गरेको दुई घन्टा बित्न नपाउँदै सर्वोच्चले सरकारको निर्णय यथास्थितीमा राख्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो।

अदालतको आदेशपछि सिफारिस कार्यान्वयनमा रोक लागेको थियो। सरकारले डिआइजी चन्दलाई आइजिपीमा बढुवा गरेपछि त्यसविरुद्ध आइजिपीका दाबेदार सिलवाल र नियुक्ति अघि र पछि अधिवक्ता कपिलदेव ढकालले रिट दायर गरेका थिए। रिटमाथिको पहिलो सुनुवाइमा प्रधानन्यायाधीश सुशीला कार्कीले सरकारले चन्दलाई गरेको बढुवा यथास्थानमा राख्न आदेश दिएकी थिइन्।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।