प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपतिबीच भेटको टुंगो, बोआओ सम्मेलनमा जाने

  • Get News Alerts

प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच चैत १३ गते भेटवार्ता हुने भएको छ। बालुवाटर स्रोतका अनुसार बोआओ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दाहाल चैत १० गते चीन जाने टुंगो भएको हो।

यसअघि उनले चिनियाँ राष्ट्रपतिसँग भेट नहुने भए आफू चीन नजाने मनसाय प्रकट गरेका थिए। चिनियाँ पक्षले शनिबार साँझ परराष्ट्र मन्त्रालयलाई मार्च २६ मा बेइजिङमा दाहाल र चिनफिङबीच भेट हुने बताएपछि प्रधानमन्त्री बोआओ जान लागेका हुन्।

प्रधानमन्त्री दाहालले मार्च २५ मा बोआओ सम्मेलनलाई सम्बोधन गर्ने छन् भने अर्को दिन बिहान बेइजिङमा चिनियाँ राष्ट्रपतिसँग भेटवार्ता हुनेछ।

स्रोतका अनुसार हिजोसम्म दाहाल र चिनफिङको भेटवार्ता टुंगो थिएन। दुई नेताबीचको भेटवार्ताको समय तालिका मिलाउन परराष्ट्र मन्त्रालय र चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले धेरै कोशिश गरेका थिए। नेपाली पक्षले प्रधानमन्त्रीको भ्रमणलाई राजकीय बनाउन पनि अनुरोध गरेको थियो। तर चिनियाँ पक्षले समय अभावका कारण भ्रमण राजकीय बनाउन नसकिने बताएपछि प्रधानमन्त्री दाहालको भ्रमण अौपचारिक हुने भएको छ।

परराष्ट्र स्रोतका अनुसार भ्रमणका क्रममा दुई देशबीच हुने सम्झौताका विषयमा भने अझैं टुंगो भइसकेको छैन।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।