सबैले नयाँ मतदाता परिचयपत्र पाउने, कसरी लिने?

  • Get News Alerts

 नमुना फोटो


 निर्वाचन आयोगले वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनअघि विशेष सुरक्षासहितको नयाँ मतदाता परिचयपत्र वितरण गर्दैछ।

'हामीले चारवटा सुरक्षा फिचरसहितको परिचयपत्र तयार गरेका छौं,' आयोगका सचिव गोपीनाथ मैनालीले सेतोपाटीसँग भने, 'मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरु गर्ने छौं।'

परिचयपत्रमा मतदाताको नाम, ठेगाना, नागरिकता नम्बर, मतदाता परिचयपत्र नम्बर लगायत विवरण उल्लिखित 'क्युआर कोड' अंकित हुनेछ। यो कोड विशेष प्रकारको उपकरणले मात्र पढ्न सक्छ। नक्कल उतार्न नमिल्ने सुरक्षा विशेषतासहितको परिचयपत्र छपाइका लागि आयोगले करिब १५ करोड रूपैयाँ छुट्याएको छ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतदाता परिचयपत्रको डिजाइन भइसकेको र छपाइ मात्र बाँकी रहेको जानकारी दिए। मतदाता नामावलीलाई अन्तिम रूप दिएपछि छपाइ सुरू गर्ने आयोगको तयारी छ। यस्तो परिचयपत्रको डिजाइन आयोगकै जनशक्तिले गरेको र छपाइका लागि भने 'ओम्नी ग्रुप नेपाल' लाई जिम्मेवारी दिने तयारी भइरहेको उनले बताए।

यो कम्पनीले आयोग परिसरमै छपाइ मेसिन राखेर विशेष सुरक्षासहित मतदाता परिचयपत्र छाप्ने उनले बताए। 'चैत २० गतेभित्र हामी मतदाता नामावलीलाई अन्तिम रूप दिन्छौं,' प्रवक्ता शर्माले भने, 'त्यसपछि परिचयपत्र छपाइ सुरु हुन्छ।'

उनका अनुसार आयोगले मतदाता नामावलीलाई अन्तिम रूप दिने काम गरिरहेको छ। मतदाताको ठेगाना नयाँ बनेका गाउँपालिका र नगरपालिकाअनुसार मिलाउने काम भइरहेको छ। यो काम सकिएसँगै मतदाता नामावलीले अन्तिम रूप पाउनेछ।

मतदाता नामावलीकै आधारमा परिचयपत्र बन्ने भएकाले छुट्टै फोटो खिचाउनु वा निवेदन दिनुपर्ने छैन। आयोगले मतदाताको फोटो र औंठाछापसहितको नामावली यसअघि नै संकलन गरिसकेको छ। 

'छपाइ सकिएपछि हामी मतादाता नामावली र परिचयपत्र सबै निर्वाचन केन्द्रमा पठाउँछौं,' प्रवक्ता शर्माले भने, 'मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र प्राप्त गर्न सक्ने छन्।'

मतदाता परिचयपत्र भएकाले मात्रै मत दिन पाउने भएकाले यो परिचयपत्र निर्वाचनअघि अनिवार्य रूपमा लिनुपर्ने उनले बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।