लोकमान विवाद सल्टाउन बालुवाटारमा बसेको वैठक विना निश्कर्ष टुङ्गीयो

  • Get News Alerts

अख्तियार प्रमुखमा लोकमानसिंह कार्कीको सिफारिस विवादमा परेपछि बालुवाटारमा बसेको चारदलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बीना निश्कर्ष टुङ्गीएको छ । कार्कीको नियुक्तिबारे राष्ट्रपतिको निर्णय आउनुअघि दलहरुको तर्फबाट राय राख्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको निवास बालुवाटारमा संयन्त्रको बैठक बसेको हो।

बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी मोर्चाका नेताहरु विजय गच्छदार र महन्थ ठाकुर छन्। कांग्रेस नेता कृष्ण सिटौला पनि बैठकमा भाग लिन बालुवाटार पुगेका छन् ।

कार्कीलाई अख्तियार प्रमुख बनाउन चारदलीय संयन्त्रले नै सिफारिस गरेको हो। त्यही आधारमा संवैधानिक परिषद्ले उनको नाम राष्ट्रपतिसमक्ष पठाइसकेको छ। तर कार्कीको विरोधमा दबाब बढ्दै गएपछि दलहरु आफ्नो पूर्वधारणाबाट पछि हटेका छन्। एमालेले कार्कीलाई नियुक्त नगर्न राष्ट्रपतिसमक्ष औपचारिक पत्र बुझाइसकेको छ। कांग्रेस सभापति सुशील कोइरालाले पनि व्यापक विरोधका बीच लोकमानलाई नियुक्त गर्न नहुने बताएका छन्। कांग्रेसले कार्कीको नाम फिर्ता लिन राजनीतिक संयन्त्रमा प्रस्ताव समेत राखिसकेको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।