माओवादी केन्द्रमा कम्युनिष्टमा हुने कुनै गुण छैनः एमाले अध्यक्ष अोली

  • Get News Alerts

नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपा माओवादी केन्द्र कम्युनिष्ट पार्टी नभएको आरोप लगाएका छन्। अध्यक्ष ओलीले माओवादी कम्युनिष्ट पार्टी भए आफू कम्युनिष्ट हुनै नसक्ने तर्क पनि गरे। उनले कम्युनिष्ट पार्टी शिष्ट, समर्पित, देश र जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै माओवादीमा ती कुनै गुण नभएको जिकीर गरे।

बिहीबार साहित्यकार प्रदिप नेपालको ‘आमाको मन’ कृतिको बिमोचन गर्दै अध्यक्ष ओलीले माओवादीले देश र जनताको हितमा समर्पित भएर राजनीति नगरेको जिकिर समेत गरे।

अध्यक्ष ओलीले राष्ट्रको हित विपरित गएर आफू कसैसँग नझुकेको दावी पनि गरेका छन्। उनले राष्ट्रिय एकता र स्वाभिमानको पक्षमा उभिएकै कारण सरकार छोड्नुपरेको पनि उल्लेख गरे। अध्यक्ष ओलीले सरकारप्रति संकेत गर्दै कठपुतलीहरुको आगमन आफनो राष्ट्र र जनताप्रतिको निष्ठाकै कारण भएको पनि उल्लेख गरे। फरक प्रसंगमा अध्यक्ष ओलीले विगतमा एकतन्त्रिय शासन चलाएकाहरुले बहुदलीय व्यवस्थाको बिरोध गर्नुको अर्थ नरहेको बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।