काठमाडौंमा हुने इन्टरपोलको सम्मेलनको मुख्य एजेण्डा ‘म्याच फिक्सिङ’

  • Get News Alerts

आगामी माघ ५ गतेदेखि काठमाडौं हुने २३ औं इन्टरनेसनल क्रिमिनल पुलिस अर्गनाइजेसन (इन्टरपोल) को एसियन रिजनल कन्फरेन्समा पहिलो पटक म्याच फिक्सिङको एजेण्डामाथि छलफल हुने भएको छ। नेपाल प्रहरीले आज प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरी  इन्टरपोलको सम्मेलनमा पहिलो पटक म्याच फिक्सिङ एजेण्डाले प्रवेश पाएको एआएजी विज्ञानराज शर्माले बताए।

ग्लोवल रुपमा बढ्दै गएको म्याच फिक्सिङको एजेण्डा इन्टरपोल सम्मेलनको मुख्य एजेण्डा हुने, एआइजी शर्माले भने, यसले अपराध निम्त्याइएका कारण यसलाई एजेण्डा बनाइएको हो। एसियन देशहरुमा पनि पछिल्लो समय म्याच फिक्सिङ, सट्टेबाजी बढ्न थालेको छ।

डेढ वर्ष अघि फुटबल खेलमा म्याच फिक्सिङ प्रकरणमा नेपाली खेलाडी मुछिएको भन्दै महानगरीय अपराध महाशाखाले कप्तान सागर थापासहितका सन्दीप राई, रितेश थापा, अन्जन केसीलाई पक्राउ गरेको थियो।

प्रहरीले उनीहरुमाथि राजद्रोहको मुद्दा चलाएको थियो। जुन मुख्दा अहिले विचाराधिन छ। म्याच फिक्सिङकै आरोपमा फिफाले तत्कालिन एन्फा अध्यक्ष गणेश थापालाई १० वर्षका लागि प्रतिबन्ध लगाएको छ।

नेपालसँगै पाकिस्तान र भारतमा म्याच फिक्सिङ हुने गरेको इन्टरपोलले जनाएको छ। मानव बेचबिखन, सेक्सुअल क्राइम, लागू औषध, आतंकवाद, साइबर क्राइम, वन्यजन्तु र संगठित अपराध इन्टरपोल सम्मेलनको मुख्य एजेन्डा भएको एआइजी शर्माले बताए।

काठमाडौंको हायात होटलमा ३ दिनसम्म चल्ने सम्मेलनमा ५५ मुलुकका २ सय ५० भन्दा बढी अधिकारीहरुको सहभागिता रहनेछ। यसअघि नेपालमा २०४५ सालमा १० औं सम्मेलन भएको थियो। यस अघि यस्तै सम्मेलन सिंगापुरमा भएको थियो।

इन्टरपोलको सम्मेलन नेपालमा हुनु नै ठूलो अवसर भएको एआइजी शर्माले बताए। हामी अपराधका बारेमा भइरहेका काम कारबाहीबारे समिक्षा गछौं, शर्माले भने, भावी रणनीति तय गर्न पनि सम्मेलन हुन लागेको हो।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।