माओवादी केन्द्रले पार्टी समावेशी चरित्रको बनाउने

  • Get News Alerts

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टी संगठनलाई समावेशी चरित्रको बनाउने भएको छ।

बुधबार बसेको केन्द्रीय कार्यालयको बैठकले पारित गरेको संगठनात्मक र निर्वाचन कार्यविधिमा पार्टीका सबै तहका संगठनलाई समावेशी बनाउने उल्लेख छ।

'वास्तविक जनसंख्याको प्रतिशतभन्दा केही कम हुनेगरी यो आरक्षणको व्यवस्था गरिएको छ,' माओवादी नेता विश्वभक्त दुलाल आहुतिले सेतोपाटीसँग भने, 'खुल्लाबाट समेत यी समुदायको प्रतिनिधित्व होस् र जनसंख्याका आधारमा समानुपातिक संरचना बनुन् भन्ने हाम्रो उद्धेश्य छ।'

उनका अनुसार अब पार्टीका सबै संरचनामा कम्तीमा ३३ प्रतिशत महिला निर्वाचित हुने व्यवस्था गरिएको छ। यस्तै १० प्रतिशत सदस्य ३० वर्ष भन्दा कम उमेर समुहबाट निर्वाचित गर्नुपर्ने छ।

सबै संरचनामा दलित जनजाति, मधेसी, मुस्लिम र पछाडि परेको क्षेत्र सबैका लागि आरक्षण प्रतिशत निर्धारण गरिएको उनले बताए।

'यो विषय नेपालको राजनीतिमा संगठनात्मक क्षेत्रमा मौन क्रान्ति हो,' नेता आहुतीको दाबी छ, 'आगामी ५ -१० वर्ष नेपाली राजनीतिको संगठनात्मक विषय अब यही विषयको वरपर घुम्नेछ। सबै पार्टीमा अब नयाँ बहस सुरू हुनेछ, पार्टीभित्र प्रतिनिधित्वको विषयमा जुन जरूरी छ।'

'आउँदो माघ १ बाट वडास्तरीय समितिहरूको गठन-पुनगठन सुरु हुन्छ,' उनले भने, 'त्यसै बेलाबाट यो कार्यविधिको कार्यान्वयन सुरू हुन्छ।'

सशस्त्र युद्धको समयदेखि नै राज्यको चरित्र समावेशी हुनुपर्ने माग अघि सारेको माओवादीले पार्टी संरचना भने अहिलेसम्म समावेशी बनाएको थिएन।

'लामो समयदेखि पार्टी संरचना पनि समावेशी हुनुपर्छ भन्ने बहस थियो,' आहुतिले भने, 'यो विषयमा पार्टीभित्र विभिन्न चरणमा छलफल भएको थियो। लामो प्रयत्न र छलफल पछि यो कार्यविधि तयार भएको हो।'

पार्टीलाई समावेशी चरित्रको बनाउने माग धेरै अघिदेखि उठे पनि केही नेताले भने पार्टीको माथिल्लो संरचनालाई समावेशी बनाउँदा पार्टी संगठन फेडरेशनमा परिणत हुने र त्यसले क्रान्ति  गर्न नसक्ने तर्क गरेका थिए ।     

अहिले पार्टीको केन्द्रीय सदस्य लगभग ४००० छन्। नयाँ केन्द्रिय समिति १५१ जनाको बन्ने पनि कार्यविधिमा उल्लेख छ।

 सबै संरचनामा ५५ प्रतिशत खुला प्रतिस्पर्धा, ४० प्रतिशत विशेष व्यवस्थार ५ प्रतिशत मनोनयन गरिने कार्यविधिले तय गरेको छ।     

कार्यदलमा वर्षमान पुनकासाथ जनार्दन शर्मा, पम्फा भुसाल, अग्नी सापकोटा, उर्मिला, हितमान शाक्य, कुलप्रसाद केसी,प्रभू साह, गोपाल किराती लीलामणि पोखरेल र आहुति थिए।

कार्यदलले तयार पारेको कार्यविधि आउने एक वर्षभित्रका सबै तहमा कार्यान्वयन भइसक्ने नेता आहुतिको दाबी छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।