सरकार उल्टो बाटोमा हिँड्योः पोखरेल

  • Get News Alerts

नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले संविधान कार्यान्वयन गर्ने बेला संशोधनको मुद्दा उठाएर सरकार उल्टो बाटोमा हिँडेको बताएका छन्।

संविधान कार्यान्वयन गरी निर्वाचन गर्नुपर्ने बेला संविधान संशोधनको कुरा उठाएर संविधान असफल पार्ने खेलमा सत्तापक्ष नै लागेको आरोप लगाए। प्रेस चौतारी नेपाल रूपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पोखरेलले चोर बाटोबाट टेबुल गरिएको संशोधन विधेयक संसदबाट फेल हुने दाबी गरे।

नेता पोखरेलले भारतको ईशारामा सरकार नै संविधान संशोधनको नाममा मुलुकलाई दुई राष्ट्रियतामा विभाजनमा गर्ने षडयन्त्रमा लागेको दाबी गरे। ‘पहाड र तराईका जिल्लाहरुलाई अलग अलग प्रदेशमा विभाजन गर्दै अन्ततः मुलुकलाई पहाडी राष्ट्रवाद र तराई राष्ट्रवादमा विभाजन गर्ने षडयन्त्र भईरहेको छ,’ उनले भने।

उनले प्रदेश विभाजनको एजेण्डा नेपालको नभएर कतैबाट लादिएको दाबी गर्दै पहाड र तराईका जिल्लालाई अलग अलग प्रदेशमा राख्नु राष्ट्रिय हित विपरित हुने जिकिर गरे। भारतीय राजदूत रणजित रायले व्यक्त गरेका अभिव्यक्तिबाट पनि भारत नेपाललाई तराई र पहाडमा विभाजन गर्ने षडयन्त्रमा लागेको पुष्टि गरेको बताए।

नेता पोखरेलले प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसले कसैको प्रभावमा प्रदेश विभाजनको प्रस्ताव अगाडि सारेको बताए। उनले वैवाहिक नागरिकलाई नेपालमा नागरिकता प्राप्त गर्न कुनै समस्या नभएको उल्लेख गर्दै अंगिकृत नागरिकलाई पनि वंशज सरह अधिकार दिनुपर्छ भन्ने कुरा मान्य हुन नसक्ने बताए। ‘अहिले पनि भारतमा बिहे गरेर जाने नेपाली महिलाले त्यहाँको नागरिकता प्राप्त गर्न ७ वर्ष पर्खिनुपर्छ तर नेपालमा बिहे गरेर आउने वित्तिकै नागरिकता प्राप्त हुने गरेको छ।’

९० प्रतिशत सांसदले जारी गरेको संविधान मान्दिन भन्नु कानुन विपरित रहेको भन्दै उनले १० प्रतिशतलाई खुशी तुल्याउन ३३ प्रतिशतलाई बाहिर राख्नु गलत हुने तर्क गरे।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।