ज्ञवालीलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति राप्रपाको आपत्ति

  • Get News Alerts

राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।

राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले सरकारले आफनो लाभका निम्ति ज्ञवालीलाई प्राधिकरणको नेतृत्वबाट हटाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भूकम्प पीडितलाई राहत दिन सरकार प्रतिवद्ध नदेखिएको भन्दै आक्रोश पनि व्यक्त गरे। भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राष्ट्रिय अध्यक्ष राणाले भूकम्प पीडितलाई आवास निर्माणका लागि तत्काल थप रकम उपलब्ध गराउन पनि सरकारसँग माग गरे।

अध्यक्ष राणाले राष्ट्रियता बलियो बनाउन राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकीकरण भएको पनि खुलासा गरे। मुलुकको राष्ट्रियता बलियो बनाउने शक्ति आवश्यक भएकाले दुई पार्टी एकीकरण गर्नु परेको उनको दावी छ।

उनले मधेशी मोर्चालाई साथमा नलिई निर्वाचनमा जानै नसकिने प्रतिक्रिया पनि दिएका छन्। स्थानीय निर्वाचनमा जाने तयारी सरकारले गरिरहेका बेला उनले पहिला मधेशी मोर्चालाई सहमतिमा ल्याउनुपर्ने खाँचो औल्याएका हुन्। राणाले यथास्थितिमा संविधान संशोधन प्रक्रिया अघि बढाउन नहुने पनि स्पष्ट पारे।

सत्ता साझेदार राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारले संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावका केही बुँदा राष्ट्रहितमा समेत नरहेको निष्कर्ष निकाल्दै यथास्थितिमा समर्थन गर्न नसकिने अडान राख्दै आएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।