नाक र छालाका आधारमा प्रदेश सीमाङ्कन घातकः नेता भण्डारी

  • Get News Alerts

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीले नाक र छालाका आधारमा प्रदेशको सीमाङ्कन हुन लागेको प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

५ नं प्रदेश विभाजनविरुद्ध रोल्पाको लिवाङमा बुधबार भएको जनसभामा नेता भण्डारीले त्यस्तो असन्तुष्टि व्यक्त गरेका हुन्। हिमाल, पहाड र तराईलाई कुनै पनि हालतमा एक हुन नदिने बीउ रोपिन लागेको प्रति चिन्ता गर्दै नेता भण्डारीले हिमाल, पहाड र तराईको एकताले मात्र राष्ट्रिय एकता हुनसक्ने विचार व्यक्त गरे।

सभाका अर्का वक्ता नेकपा एमाले स्थायी समिति सदस्य पुष्पराज कँडेलले नीति, सिद्धान्त र आदर्शलाई दाउमा राखेर नेकपा एमालेले राष्ट्रघाती काम गर्न नसक्ने बताए। संसद्मा जबर्जस्त ढङ्गले टेबुल गरिएको संविधान संशोधन विधेयकलाई विपक्षी दलले कुनै हालतमा पारित हुन नदिने उनले स्पष्ट पारे।

कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य एवम् सचेतक गोकुलप्रसाद घर्ती मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य दलवीर पुनमगर, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य वोमबहादुर खत्री, नेकपा माओवादी क्रान्तिकारीका केन्द्रीय सदस्य कुमार शाह लगायतका वक्ताले मन्तव्य व्यक्त गरेका थिए।

५ नं प्रदेश टुक्र्याउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन विधेयकका विरुद्ध सङ्घर्ष गरिरहेको संयुक्त आन्दोलन समितिको तेस्रो चरणको अन्तिम कार्यक्रमका रुपमा जनसभा आयोजना गरिएको नेपाली काँग्रेस रोल्पाका सभापति अमरसिं पुनमगरले जानकारी दिए। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।