सुशासन कायम राख्न राजनीतिज्ञ र कर्मचारी एकजुट हुनुपर्छ- डा कोइराला

  • Get News Alerts

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा सुशासन कायम राख्नका लागि राजनीतिक दल र कर्मचारी एकजुट हुनुपर्ने बताएका छन्। 

प्रशासन व्यवस्थापन र विकास केन्द्र (कामाद)ले यहाँ आज ‘आयोजना गरेको राजनीति र प्रशासनको अन्र्तसम्बन्ध एवम् यसको वर्तमान अवस्था’ विषयक अन्तक्रियामा डा कोइरालाले राजनीतिक दल र कर्मचारी एकजुट भएमात्र मुलुकको विकास सम्भव भएको बताए। उनले भने, “कर्मचारी र राजनीतिज्ञबीच मनमुटाव भयो भने विकास सम्भव छैन ।”

उनले ट्रेड युनियनका नाममा कर्मचारीको सरुवा गरेर पैसा लिने गरेको भन्दै यस्तो कार्यले कर्मचारीको कार्यक्षमताप्रति नकारात्मक सन्देश जाने स्पष्ट पारे।

पूर्वसचिव विश्वप्रकाश पण्डितले बेलाबेलामा हुने सरकार परिवर्तनले कर्मचारीतन्त्रमा ठूलो प्रभाव पार्ने बताए। उनले भने, “कर्मचारीभित्र पनि पार्टीको गोप्य सदस्यता लिने संस्कृति बढेको छ यसलाई रोक्नु जरुरी छ ।”

पूर्वसचिव कृष्ण ज्ञवालीले कर्मचारीले राजनीतिक नगरे पनि मुलुकको राजनीतिक अवस्था बुझ्नुपर्ने बताए। उनले भने  “राजनीतिज्ञले नीतिनियम बनाए पनि कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको भएकाले राजनीतिक बुझ्नुपर्छ ।”

निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले राजनीतिज्ञले प्रशासन र प्रशासनले राजनीतिज्ञको भावनालाई बुझेर अगाडि बढेमात्र मुलुक विकासको बाटोमा पुग्ने बताए । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सर्‍यो

    प्रमुख बिपक्षी दल नेकपा एमालेको आग्रहपछि प्रधानमन्त्री निर्वाचन मंगलबारका लागि सरेको छ। प्रधानमन्त्री निर्वाचनका लागि बिहान एघार बजे बोलाइएको बैठक तीन बजेसम्मको लागि स्थगित भएको थियो।

  • थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    थापा ‘अल्पमत’ मा परेपछि देउवालाई समर्थन गर्ने राप्रपाको निर्णय

    तीन नेताहरूले बोलेपछि अध्यक्ष थापाले कुरो बुझियो भन्दै आफू बोल्न थालेका थिए। ‘पार्टीका धेरै नेता तथा सांसद प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने पक्षमा भएपछि थापा अल्पमतमा पर्नुभयो’, ती सांसदले भने, ‘अनि उहाँले पार्टीभित्र सधैँ अल्पमत र बहुमत भन्ने कुरा राखिरहन नहुने भन्दै पार्टीले देउवालाई नै समर्थन गर्ने निर्णय सुनाउनुभयो।’

  • गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    गगन थापाले भने- मलाई पानी दिने दाइ-दिदीलाई धन्यवाद

    यसबीच थापासँग नमस्ते आदानप्रदानबाहेक उनीहरुको दोहोरो कुराकानी भएको होइन। पानी ल्याइदिने र रित्तो गिलास उठाउने मात्र। आइतबार भने एउटा फरक घटना भएछ। भिमलाल बिहानै पानीको गिलास लिएर मन्त्री थापाको कोठामा गएका थिए। थापाले उनलाई नियालेर हेरेछन्। त्यसअिघ सधैं काममा घोत्लिरहने थापाले आफूलाई त्यस्तरी चासो दिएर हेरेकोमा खुसी लागेको उनले बताए।

  • देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

    हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

  • राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राप्रपाले प्रधानमन्त्रीमा देउवालाई समर्थन गर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ। यस विषयमा निर्णय गर्न सो पार्टीको संसदीय दलको बैठक अहिले बानेश्वरस्थित संसद भवनमा जारी छ।